रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित औपचारिक घोषणा हुन बाँकी
462 Views
काठमाडौं, २५ फागुन। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।
बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।
पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको छ।
मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकीनै छ।





प्रतिक्रिया दिनुहोस