पहिलाे पटक नेपाल आएकी जर्मनीले यसरी मनाईन् हाेलि
497 Views
कास्की, २३ फागुन । पहिलोपटक नेपाल आएकी जर्मनीकी अन्ना वेबर सोमबार पोखराको होलीमा बेफिक्री रमाइन् । साथीरूसँग अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेर फर्किएकी उनले सारा थकान मेटिएको प्रतिक्रिया दिइन् । नेपाल आएर लेकसाइडमा होली खेल्नु आफ्ना लागि नौलो अनुभव भएको उनले सुनाइन् ।

लेकसाइडमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले हरेक वर्ष होली उत्सव आयोजना गर्छ । होलीमा विदेशी पर्यटकको उल्लासमय उपस्थिति हुन्छ । सोमबार लेकसाइडको अम्मटबाट बाजागाजासहित उत्सव सुरू भएको थियो । विदेशी, आन्तरिक पर्यटक र स्थानीयहरू अम्मटबाट बाराहीचोक हुँदै सेन्टर प्वाइन्ट पुगेर नाचगानमा रमाए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पर्यटनलाई चलायमान बनाउन र नेपाली संस्कृति विदेशीमाझ चिनाउन वर्सेनि होली उत्सव आयोजना गर्दै आएको बताए ।









तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ।त्यस्तै गरि हिजाे २२ गते पाेखरामा अमेरिकी पर्यटक एमी रोज सोमबार अन्नपूर्ण आधारशिविर (एबिसी) र घोरेपानी–पुन हिल पदयात्रामा जाने योजनामा थिइन्।
पोखराको इथिकल ट्रेकिङ कम्पनीमार्फत् पदयात्रामा जान लागेकी एमीलाई रङहरूको पर्व होलीले रोक्यो।
कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे। उनले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे।
स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’ प्रख्यात पर्व मानिन्छ। सो पर्व नेपालमा मनाइने होली जस्तै हो। सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ। आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ। ‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ। कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको व्यवसायी श्रेष्ठले बताए।
होटल एशोसियसन अफ नेपाल बाँकेको सहआयोजना हुने ‘गोलभेँडा उत्सव नेपाल–२०२३’ लाई कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य संघले सहकार्य गरेका छन्। कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले गोलभेँडा उत्सवलाई पर्यटनसँग जोडेर लैजान खोजिएकाले होलीको व्यापकताले नयाँ सन्देश दिने बताए।
पर्यटकीय दृष्टिकोणले गोलभेँडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेँडा पर्व मनाइने बताइएको छ। अत्यन्त स्वास्थ्यवर्द्धक, भिटामिन र मसलायुक्त तरकारीजन्य गोलभेँडाको प्रयोगले छालालाई राम्रो बनाउने विश्वास छ ।
बाँके पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्षसमेत रहेका श्रेष्ठले सद्भाव र रङको पर्व होली जस्तै देखिने ‘गोलभेँडा उत्सव’लाई प्रवर्द्धन गर्न आवश्यक रहेकामा जोड दिए।





प्रतिक्रिया दिनुहोस