अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ?पासाङ याङ्जी वाईवा
558 Views
काठमाडौं,२० फागुन। १५ औं संस्करणको मिस तामाङको उपाधि सिन्धुलीकी पासाङ याङ्जी वाइबा तामाङले पहिरेकी छिन्।
राष्ट्रिय सभागृहमा शनिवार साँझ आयोजित प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछि पार्दै याङ्जी मिस तामाङ – २०२३ को ताज पहिरन सफल भएकी हुन्।
‘अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ?’ उत्कृष्ट १० हुँदै अन्तिम पाँचमा पर्न सफल उनले यही प्रश्नको जवाफ दिँदै निर्णायको मन जित्न सफल भएकी थिइन्।
निर्णायकको प्रश्नमा याङ्जीको जवाफ थियो, ‘जो मान्छेसँग मोबाइल र नेटको पहुँच नै छैन उनीहरु पनि बलात्कारका आरोपी छन्। सजाय भोगिरहेका छन्। त्यसैले अश्लील साइट बन्द गर्नुभन्दा घरसमाजमा नैतिकता सिकाउनुपर्ने र सरकारले बलात्कारीका लागि कडा भन्दा कडा सजायको कानुन बनाउनुपर्छ।’
सिन्धुली कमलामाई वडा ९ की उनलाई प्रमुख निर्णायक नायक रमेश उप्रेतीले अवार्ड प्रदान गरे भने २०१७ की फस्ट रनरअपसमेत रहेकी नवाङ मोक्तानले ताज पहिराईदिइन्। पासाङले प्रतिस्पर्धामा मिस डिसिप्लेनको टाइटलसमेत हात पारेकी थिइन्।





प्रतिक्रिया दिनुहोस