गणतन्त्रमा पनि प्रवेश गर्न नपाईने पाेखराकाे रत्नमन्दिर दरबार
713 Views
कास्की , १२ फागुन । गणतन्त्र स्थापनासगैँ नारायणहिटी राजदरबार सङ्ग्राहलयमा परिणत भएर सर्वसाधारणकाे पहुँचमा पुगेको छ । तर सरकार मातहतमा आएको डेडदशक भईसक्दा पनि पाेखरा स्थित रत्नमन्दिर दरबार भने सर्वसाधारणकाे पहुँच बाहिरै रहेकाे छ ।
फेवाताल किनारमा रहेको याे दरबारको उपयोगिताबारे निर्णय गर्न बिल्मव हुँदै आएको छ ।पाेखराकाे फेवाताल किनरामा अवस्थित रत्नमन्दिर दरबार राजा महेन्द्रले आफ्नी रानी रत्नलाई दिएकाे प्रेमकाे उपहार भनिन्छ । राजा महेन्द्रले २०१३ सालमा १७६ राेपनी जग्गा किनेर रानी रत्नकाे नाममा याे दरबार बनाउन लगाएका थिए । 
याे दरबार राजा महेन्द्र देखि विरेन्द्र हुँदै ज्ञानेन्द्र सम्म आईपुग्दा राजपरिवारले काठमाडौंकाे व्यस्तता र तनावबाट मुक्त हुने गन्तव्य बनायाे । राजतन्त्रको अन्त्यसगैँ यसलाई नेपाली सेनाकाे पृतना बनाउने याेजना सहित सैनिक व्यारेक राखियाे । त्यसपछि अतिथि गृह जैविक विवधता पार्क सङ्ग्राहलय पर्यटकीय सुचना केन्द्र अन्तर्राष्ट्रिय अध्ययन् केन्द्र पाँचतारे हाेटल लगायतका विकल्प पनि अघि सारिएको थियाे ।
सबै प्रस्ताव थाती राखेर दरबार निजि क्षेत्रलाई दिने प्रयास पनि नभएको हाेईन,तर पाेखराकाे पर्यटन व्यवसायले तिव्र विराेध गरेपछि राेकिएकाे हाे । रत्न मिन्दिरलाई सम्पदा क्षेत्र घाेषणा गरि पर्यटकीय आकर्षणकाे केन्द्र बनाउनुपर्ने यहाँका पर्यटन व्यवसायले सुझाव दिएका छन् ।
दरबार २०६४ सालमा सरकारकाे स्वामित्वमा आएकाे हाे । गण्डकी प्रदेश सरकारले गुरुयोजना अघि सार्दै रत्न मन्दिरसगैँ १० राेपनी क्षेत्रफलमा फैलिएको हिमागृह आफ्नाे मातहतमा ल्याउने प्रयास गरेता पनि सफल हुन सकेकाे छैन । कुन प्रयाेजनकाे लागि उपयोग गर्ने भन्ने निर्णय हुन नसक्दा रत्न मन्दिर वेवारिसे बन्न पुगेकाे छ ।
सबैजसाे पर्यटन मन्त्रीले रत्न मन्दिर खाेल्न आश्वाशन दिएपनि पूरा भने हुन सकेको छैन ।भवनशैलिमा बनाईएकाे यस्काे भित्री संरचना ढुङ्गामा कुदेका आकर्षण कलाले सजाईएकाे छ । नेपाली कलाकृति झल्काउने संरचनाले युक्त रहेका कारण प्राचीन कलाकृतिकाे अवलोकनका लागि समेत बहुउपयाेगी हुने विश्वास गरिएको छ ।





प्रतिक्रिया दिनुहोस