राष्ट्रपतिलेनै जेलमुक्त गराएका व्यक्तहरु पुन चाेरीमा सङ्लग्न
627 Views
काठमाडौं, ११ फागुन। काठमाडौंमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथर घर भई गोकर्णेश्वरका सुनचाँदी व्यवसायी ४३ वर्षीय राजकुमार योङ्या लिम्बू, धनकुटाका ३८ वर्षीय जीवन मगर, मकवानपुरका ४२ वर्षीय रेशम रूम्बा, धादिङका ४३ वर्षीय सागर तामाङ, सिन्धुपाल्चोकका पेम्बा लामा र मुस्ताङका डिमा वाङ्दी गुरूङ छन्।लामा र गुरूङले चोरीका सामान किन्ने गर्ने गरेको एसपी रिजालले बताएका छन् ।
प्रहरीले उनीहरूलाई गत सोमबार पक्राउ गरेको हो।
काठमाडौंको बौद्धस्थित फूलबारी बस्ने ४९ वर्षीय सङ्गे लामाको घरमा र ललितपुर पाटनका सुजन शाक्यको बौद्ध स्तुपास्थित सुन चाँदी तथा विभिन्न धातुका ह्यान्डीक्राफ्टस् पसलमा चोरी भएको थियो।
लामाको घरमा गत पुस ७ गते बिहान १ बजे चोरी भएको थियो। घरको पूजा कोठाको ग्रिल फुटाएर सुनका गरगहना, चाँदी लगायत विभिन्न पूजाका सामान अन्दाजी ४२ लाख बराबरको सामान चोरी भएको एसपी रिजालले बताए।
प्रहरीले उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। यसको थप अनुसन्धान प्रहरी वृत्त बौद्धबाट भइरहेको परिसरले जनाएको छ।
दिनभरि आज कहाँ चोर्ने त भनेर लोकेसन पत्ता लगाउने काम गर्छन्। त्यसपछि आफूहरू आवतजावत गरेको पनि नदेखियोस् भनेर बाटोका सिसिटिभी पनि फुटाउने, बंग्याउने गरेको पायौं,’ उनले भने, ‘चोरीको लागि प्रयोग गर्ने ट्याक्सीको नम्बर प्लेट पनि छोपेर प्रयोग गर्ने देखियो।’
चोरी गर्न पनि ब्रान्डेड कपडाहरू लगाउने, एकपटक लगाएर चोरी गरिसकेपछि फेरि नयाँ किनेर लगाउने गरेको पाइयो,’ उनले भने, ‘हाइप्रोफाइल तरिकाले बसेर चोरी गर्ने गरेको पायौं।’
२०६९ जेठ २ गते रेशम रूम्बा र सागर तामाङ कर्तव्य ज्यान मुद्दामा जेल परेका थिए। ७ वर्ष कैदपछि २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राष्ट्रपतिबाट आममाफी पाएर छुटेको देखिएको छ।
चोरीका सामान योङ्या लिम्बूले सञ्चालन गरेको पाथिभरा सुन चाँदी पसलबाट बिक्री हुने गरेको एसपी रिजालले बताए। उनका अनुसार पक्राउ परेकामध्ये तीन जना आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्।
योङ्या लिम्बू पनि गत असोज ३० गते सवारी अंगभंग मुद्दा दर्ता भएर तारिखमा रहेको देखिएको एसपी रिजालले बताए।
पक्राउ परेका उनीहरूबाट प्रहरीले २ लाख ४० हजार नगद, विभिन्न चोरी भएका सामान, औजार, रड लगायत बरामद भएको छ।





प्रतिक्रिया दिनुहोस