विश्वप्रकाशको असहमति देउवालाई राष्ट्रपति बनाउने प्रस्तावमा
447 Views
काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउबालाई राष्ट्रपति बनाउन नहुने तर्क गरेका छन ।
राष्ट्रपतिको निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला बुधवार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले दलीय हिसाबले सभापतिलाई राष्ट्रपति बनाउने बिषय उपयुक्त भए पनि कार्यकारी भईसकेका ब्यक्तिलाई राष्ट्रपति बनाउन नहुने र्तक अघि सारेका हुन ।
‘सभापतिलाई रास्ट्रपति बनाएर बरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक दलिय दृस्टीले मेरो प्रस्ताव उचित’ महामन्त्री शर्माले भनेका छन, ‘तर कार्यकारी बनिसकेका कसैलाई पनि रास्ट्रपति बनाउनु अनुपयुक्त साथीहरूको यो विश्लेषण बढी परिपक्व छ ।’
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीय राष्ट्रपतिका लागि सभापति देउवा स्वयं वा कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौला मध्ये एकजनाको निर्णय गरेर आउन आग्रह गरिरहेको बेला शर्माको यो भनाई आएको हो ।
देउवाले बरिष्ठ नेता रामचन्द्र पौडललाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिरहेको बेला प्रचण्डले कांग्रेसले देउवा वा सिटौलाका नाम प्रस्ताव गरेर आउन सभापति देउवालाई सुझाव दिए पछि उनी थप अप्ठयारोमा परेका छन ।





प्रतिक्रिया दिनुहोस