कास्की खबर अनलाईन न्युज पोर्टल शुभारम्भ
710 Views
पोखरा । निष्पक्ष समाचार, सबैको अधिकार भन्ने उद्घोषका साथ कास्की खबर प्रा.लि.द्वारा सञ्चालित गण्डकी प्रदेशको अनलाइन न्यूज पोर्टल कास्की खबर आईतबार विधिवत शुभारम्भ भएको छ।
कास्की खबरको विधिवत शुभारम्भ गर्दै प्रमूख अतिथि प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले विग हाउसका कारण जनताले पाउनु पर्ने सूचनाका हक अन्तर्गत पर्ने सूचना पनि बाहिर आउन नसकिरहेको अवस्थामा यस्तै स्थानीय मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा राज्यले प्रोत्साहन स्वरूप अनलाइन मिडियालाई पनि सब्सिडी उपलब्ध गराउनु पर्ने र प्रेस काउन्सिल नेपालले पनि सब्सिडीका लागि अनलाइन मिडियाको वर्गीकरण गर्ने कार्यको शुरूवात गरेको जानकारी दिईन।
शुभारम्भको अवसरमा कास्की खबर सञ्चालनका लागि डकुमेन्टेशन तथा रजिष्ट्रेशन प्रकृयामा उल्लेखनीय योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा पोखरा मोवाईल टावरका सञ्चालक उदय बहादुर के. सी. (लाहुरे दाई), देवलोक कन्सल्टेन्सीका सञ्चालक निर्मल शर्मा, लेकसिटी प्रिन्टर्सका सञ्चालक राजन पौडेल र स्याण्डी आईटीका सञ्चालक सन्दिप गौतम रहेका छन।
कार्यक्रममा विशेष अतिथि पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना, सूचनाका हकका लागि पोखरा महानगर निवर्तमान अध्यक्ष कृष्ण क्षेत्री, प्रेस चौतारीकास्कीका सचिव रञ्जन अधिकारी, मोवाईल व्यवसायी उदय बहादुर के. सी.(लाहुरे दाई), सम्मानित व्यक्तित्व निर्मल शर्मा, राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद गौतम र पत्रकार कृष्ण रानाभाट लगाएतले बोलेका थिए।
सञ्चालक अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा खादा वितरण सपना सुनार र शान्ति पुन, स्वागत संम्वाददाता नारायण प्रसाद सिग्देल र सञ्चालन समाचार प्रमुख सागर कार्कीले गरेका थिए।





प्रतिक्रिया दिनुहोस