“कोको म्हेन्दो तामाङ समाज” बाटुलेचौरले मनाए सोनाम ल्होछार
498 Views
कास्की, २२ माघ । मन्जुश्री सम्वत २८५९ औँ सोनाम ल्होछार (ह्रे ल्हो)को अवसरमा काेकाे म्हेन्दाे तामाङ समाजद्वारा बाटुलेचौरमा अवस्थित समाज घरमा शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित साेनाम ल्होछार मनाए ।
कार्यक्रमको उद्धघाटन भने प्रमुख अतिथी कास्की जिल्ला समन्वय समिती घेदुङका अध्यक्ष भक्त तामाङले भगवान मन्जुश्रीको तस्बिरमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए ।



उक्त कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य पदम योन्जन तामाङ्ले राखेका थिए भने भुपु अध्यक्ष तथा सल्लहाकार मान बहादुर तामाङ्ले शुभकामना सहित घेदुङको ठुलाे घरको विषयमा चर्चा साथै कार्यक्रम सफलातको शुभकामना समेत दिएका थिए ।
प्रमुख अतिथी भक्त तामाङले भने,”नेपालको उत्पत्तिको ईतिहास सँग जोडीएको तामाङहरूले मान्ने ल्होछार (नयाँ वर्ष) चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा शुरु हुन्छ।” यस पटक मन्जुश्री सम्वत अन्सरा २८५९ औं सोनाम ल्होछार भएको बताए ।
प्रत्येक वर्ष १/१ वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात वर्गअनुसार यो वर्ष बाघ वर्गलाई बिदाई गरी बिरालो वर्गलाई स्वागत गरेको बताए ।



“थप्दै गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्छ। ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो ।भनि खुलेर आफु तामाङ भएकोमा गर्व गरेका थिए।”
ल्होछार समस्त बौद्ध धर्मालम्बिको नयाँ बर्ष हो भन्दै भाषा र संस्कारलाई जोगाउन नसके हाम्रो अस्तित्व संकटमा पर्ने भएकोले समाजका बाबा,आमा तथा नया पिडीहरुलाई सचेत हुन आफ्नो धर्म संस्कार सिकाउनु पर्ने र अर्काको धर्मको देखा सिखी गर्न नहुने बिषयमा जोड दिएका छन् । कार्यक्रमको अध्यक्षता ओम कुमारी गोले तामाङ्ले गरेका थिए कार्यक्रम संचालन पदम तामाङ्ले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस