क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा
220 Views
काठमाण्डाैँ, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले ब”लात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ। पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौ २३ मा निलम्बन गरेको थियो।
त्यसपछि गत असोज २० गते पक्राउ परेका लामिछाने पुर्पक्षका लागि थुनामा थिए। पोखरामा बसेको बैठकले लामिछानेमाथिको निलम्बन फुकुवाको निर्णय गरेको हो।
निलम्बन फुकुवाकोबारे क्यानले औपचारिक रुपमा धारणा बाहिर ल्याइसकेको छैन। निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टिममा समावेश गर्ने नगर्ने वा नेपालको तर्फबाट खेल्न अनुमति हुने नहुनेबारे स्पष्ट भइसकेको छैन।
प्रतिक्रिया दिनुहोस