रक्षा कुमार राईकाे फेरि अर्काे रेकर्ड
348 Views
काठमाडौ ९ माघ । गिनिज बुक्स अफ वर्ड रेकर्डमा दुइ विधामा दुइवटा नयाँ रेकर्ड थपिएका छन । नेपालका रक्षकुमार राइले नया दुइ विद्यामा नयाँ रेकर्ड कायम गरेका हुन । शनिबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी राइले मस्ट हिटस अफ टेनिस बल वीथ टेनिस रकेट ह्याण्डल इन वान मिनेट्स (एक मिनेट बल टेनिस रकेटको ह्याण्डलमा नचाउदै नयाँ रेकर्ड कायम गरेको तथा मस्ट टोमाटोज इटेन इन वान मिनेटस अर्थात एक मिनेटमा धेरै गोलभेडा खाएर नयाँ रेकर्ड थपेका हुन ।
यस अघि मस्ट हिटस अफ टेनिस बल वीथ टेनिस रकेट ह्याण्डल इन वान मिनेट्स नेपालकै चित्रकुमार कार्कीले रेकर्ड राखेका थिए । कार्कीले एक मिनेटमा २६० कोर गरेका थिए । कार्कीको रेकर्डलाई ब्रेक गर्दै रक्षकुमार राइले २७० कोर गरी नयाँ रेकर्ड बनाइ विश्व रेकर्डको लागि प्रस्ताव गरेका हुन । साथै मस्ट टोमाटोज इटेन इन वान मिनेटस विद्यामा बेलायतकी नागरिका लिया सत्केभरको रेकर्डलाई ब्रेक गर्दै रक्ष कुमार राइले नयाँ रेकर्ड जोडेका हुन । सतकेभरले एक मिनेटमा ८० ग्राम तौलका ८ दाना (जम्मा ६ सय ४० ग्राम) गोलभेडा खाएर विश्व किर्तिमान कायम गरेकी थिइन । सतकेभरको किर्तिमानीलाई ब्रेक गर्दै राईले एक मिनेटमा ८० ग्राम तौलका १० दाना (८ सय ग्राम) गोलभेडा खाएर नया रेकर्ड राखेका छन । राष्ट्रको पहिचान र स्वभिमानको लागि आफुले नयाँ किर्तिमानी कायम गरेको रक्षकुमार राइले बताए । थप नयाँ विधामा नया किर्तिमान राख्दै लक्ष्य रहेको राइले बताए ।
राइको यो रेकर्ड पहिलो भने होइन । यस अघि पनि उनले दुइ विधामा ४ रेकर्डहरु कायम गरेका छन् । राइले गिनिज वर्ड रेकर्ड, च्याम्पियन बुक्स अफ वर्ड रेकड, ओमजी बुक्स अफ वर्ड रेकर्ड र किङ बुक्स अफ वर्ड रेकर्ड जस्ता विद्यामा विश्व किर्तिमानी राखेका छन् । त्यसो त राइ लेखन क्षेत्रमा पनि अगाडि नै छन उनले व्रिटिस अग्रेजी भाषा सम्बन्धी तीन पुस्तकहरु लेख्न प्रकाशन गर्न भ्याइसकेका छन । साथै एक कराते खेलाडी पनि हुन उनले सितारियो करातेमा ब्ल्याक बेल्ट (चौथो डन) प्राप्त गरेका छन । त्यसैगरी अन्तराष्ट्रिय रेफ्री तथा प्रशिक्षक पनि हुन ।
गएको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौ क्षेत्र ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता समेत गरेका थिए । त्यतिमात्र होइन राइले विभिन्न अन्तराष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन भने विभिन्न सामाजिक काममा रक्ष कुमार राई सक्रिय रहेका छन । शनिबार सुन्दरीजलमा आयोजना गरिएको गिनिज वर्ड रेकर्ड एटेम्ट कार्यक्रममा डा उद्धव राइले सभापतित्व ग्रहण गरेका थिए । त्यसैगरी प्रमुख अतिथि सञ्चारकर्मी तथा लेखक रोहित भण्डारी, विशेष अतिथिमा जनजाती महासंघमा बरिष्ठ उपाध्यक्ष मुलिवा नाछिरिङ, खुकुरी मास्टर किरण राई लगायत दर्जनौ मिडिया तथा सञ्चारकर्मीहरुकाे उपस्थिति रहेको थियोे ।





प्रतिक्रिया दिनुहोस