सुनापति गाउँपालिकाले सोनाम ल्होसारमा ३ दिन सार्वजानिक विदा दिने
497 Views
रोमन लामा (क्षितिज)
रामेछाप ४ माघ खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व २८५९ औँ ह्योई “तावार” ल्हो ‘सोनाम ल्होछार’ को अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होछार पर्व मनाउन माघ ७, ८ र ९ गते गाउँपालिकाले सार्वजानिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक विदा हुने जानकारी गाउँपालिकाको अध्यक्ष ठुलोकान्छा तामाङले खोज मिडियाको रामेछापको समाचार दातासँग बताउनु भयो।
अध्यक्ष तामाङले आगामी माघ ९ गते सुनापति-४ बेथान, भल्वाडीस्थित वडा कार्यालय भवन रहेको स्याउरी न्हानको प्राङ्गणमा “सुनापति रामेछापको बेग्लै पहिचान, सांस्कृतिक जागरण हाम्रो अभियान” भन्ने मुल नाराका साथ २८५९ औं ह्योई “तावर” ल्हो सोनाम ल्होछार मनाउने भएको बताउनु भएको छ। सो कार्यक्रमको संयोजक हिरालाल दोङको अनुसार २८५९ औं ह्योई “तावर” ल्हो सोनाम ल्होछार अवसरमा सम्पुर्ण सुनापति वृहत सोनाम ल्होछार मुल समारोह समितिको आयोजनामा हुन गइरहेको सोनाम ल्होसार विशेष कार्यक्रममा लामा, बोन्बो, ताम्बा, मादले, नृत्य तथा राष्ट्रिय कलाकारहरु सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने हुँदा सम्पुर्ण महानुभावहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्नु भएको छ ।





प्रतिक्रिया दिनुहोस