पत्रकार त्रिभुवन पाैडेलकाे अन्तिम विदाई महासंघको प्राङ्गणमा
373 Views
कास्की, ३ माघ । आईतवार बिहान काठमाडौंबाट ७२ जना यात्रु लिएर पाेखरा तर्फ सवार रहेकाे एति एयरलाईन्स् विमान पाेखराकाे सेती खाेचमा दु*र्घ*टनामा परि मृ*त्यु भएका स्व.पत्रकार त्रिभुवन पाैडेलकाे अन्तिम दाहसंस्कार मङ्गलबार दिउँसो शान्ति घाटमा भएको छ ।
जन्म पछि मृ*त्यु स्वाभाविक हाे तर कतिपय मृ*त्यु स्विकार्न नसकिने दर्दनाक, भयानकर, अकल्पनीय हुन्छन् । त्यस्तै यतिबेला सिङ्गो नेपालले अकल्पनीय मृत्*युको सामना गरिरहेका छन् । समाज र राष्ट्रकाे लागि निजि जीवन समर्पण गरि अत्यन्त जुजारु, कर्मशिल, क्रियाशिल युवा स्व. त्रिभुवन पाैडेलकाे श*व पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा श*व सनाखत गरि मङ्गलबार विहान परिवारलाई जिम्मा लगाईएकाे हाे ।

पाैडेलकाे शव परिवारलाई जिम्मा लगाए पश्चात पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीकाे नेतृत्वमा शव यात्रा गरि अस्पताल देखि पाैडेलकाे घरमा लगि पुन: पत्रकार महासंघकाे प्राङ्गणमा लगि अन्तिम विदाई श्रद्धाञ्जली कार्यक्रम रहेकाे थियाे । उक्त कार्यक्रममा पाेखरा भित्र रहेका राजनीतिक दलका नेता, पत्रकार, लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुकाे बाक्लाे उपस्थितिमा फुलमालाले पहिराएर अन्तिम विदाई गरेका हुन् । पाैडेलकाे शव महासंघकाे प्राङ्गणबाट शव यात्रा सुरु गरि शान्तिघाटमा लगि दिवान्गत शरिरकाे अन्त्यस्टी गरियाे ।





प्रतिक्रिया दिनुहोस