शिक्षक सेवाको प्राथमिक तहको नतिजा पौष मसान्तबाट प्रकाशन सुरु हुने
528 Views
रोमन लामा (क्षितिज)
रामेछाप २१ पौष खोज मिडिया। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन सके लगतै माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सुची प्रकाशन गरिएको छ। हाल शिक्षक सेवा आयोग निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सुची प्रकाशन काममा व्यस्त रहेको छ।
शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन यहिँ पौष मसान्तबाट प्रकाशन गर्ने जानकारी शिक्षक सेवा आयोगको उपसचिव (सूचना अधिकारी) सुदर्शन मरहठ्ठाले खोज मिडियासँग बताउनु भयो। आयोगको कार्यतालिका अनुसार माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन यहिँ पौष महिनामा नै खुल्ने तालिका रहेको छ।





प्रतिक्रिया दिनुहोस