पोखरा लामाचाैर शिवालय तमु आमासमुहले पनि भव्य रुपमा तमु ल्हाेछार मनाए
847 Views
गुरुङ समुदायले हिजाे शुक्रबार (तमु ल्हाेछार) पर्व मनाए । हरेक वर्षकाे पुस १५ गतेका दिन गुरुङ समुदायले तमु ल्होसार/लोछारलाई नयाँ बर्षकोरुपमा मनाईने गर्दछ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्हाेछार भन्नाले नयाँ वर्षा भन्ने अर्थ लाग्छ । याे पर्व उक्त समुदायले “ताे ल्हाे” (बाघ वर्ग) काे बिदाई गर्दै “हि ल्हाे” बिरालाे वर्गको स्वागत गरेर भव्य रुपमा मनाएका छन् ।
गण्डकी प्रदेशको कास्की जिल्लामा गुरुङ समुदायको बहुल्यता रहेकाे लामाचाैर स्थित शिवालय तमु आमासमुहले पनि भव्य रुपमा तमु ल्हाेछार मनाईएकाे हाे । ल्हाेछार कार्यक्रममा आमा बुबाहरुकाे नाचगानले कार्यक्रमलाई अझै उत्कृष्ट बनाएका छन् । शैक्षिक अक्षयकोष द्वारा उच्चशिक्षा हासिल छात्रछात्राहरूलाई शिक्षाको सम्बाेधन गर्दै खादा,प्रशंसा पत्र सहिद आर्थिक पूरूषकार वितरण गरेका थिए ।

शिवालय आमासमुहकाे ल्हाेछार कार्यक्रमकाे प्रमुख अतिथि गण्डकी प्रदेशको सांसद माननीय गणेशमान गुरुङलाई भाङ्ग्रा र खादा लगाई स्वागत गरेका थिए । प्रमुख अतिथि ले साेहि कार्यक्रमकाे अन्त्यमा बाेल्दै भने! “माथि काली गण्डकीकाे शिर, बुढि गण्डकीकाे शिर र तल मैदान सम्म पाेखरा, चितवन, नवलपुर, मुग्लिन, सम्मकाे थलाे तमुहरुकाे पुर्खहरुले अर्जेकाे सभ्यता रहेकाे बताए । जुन सभ्यता सबैभन्दा पहिले विकास भएको छ त्याे सभ्यताहरु तमुकाे पुर्खाहरुले गरेकाे बताएको हाे । “त्यसैगरी भाषाकाे विकास, संस्कार- संस्कृतिकाे विकास र आजकाे नेपाल यहि माटाेमा आएर गरेकाे हाे उनले भने ।” जुन पन्चायत व्यवस्थामा उनले तमुहरुले लगाउने भेषभुषा “मेराे भेष मेराे भुषा” प्राण भन्दा प्याराे छ भनी रहँदा त्याे बेला उनले लगाउने भाङ्ग्रा, दिदिबहिनीले लगाउने घलेक नभएको बताए । अबकाे दिनमा आफ्नाे संस्कार संस्कृति जाेगाउन सबैलाई सुझाब दिएका छन् ।

विशिष्ट अतिथिमा माछापुच्छ्रे गाउँपालिकाकाे प्रमुख मीन बहादुर गुरुङलाई पनि भाङ्ग्रा र खादा लगाई सम्मान गरिएको थियाे ।
विशेष अतिथिहरुमा- पाेखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे, पाेखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना रहेका थिए ।
अतिथिहरुमा- नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन, समाज सेवी लक्ष्मी पाण्डे, पाेखरा महानगरपालिका वडा नं. १९ का वडा सदस्य दुर्गा देवि बस्नेत, अल्फा बाेर्डिङ स्कुलका फाउन्डर समाजसेवि सुरेन्द्रमान सिह भण्डारी, जयमनकामना वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम सफल व्यवसायि नवीन भण्डारी, जनप्रिय समाजका अध्यक्ष कर्ण बहादुर गुरूङग, उपध्यक्ष एवम महिला प्रतिनिधि कमला गुरूङग,नव आदर्श सामुदायिक विकास समाजका काेषअध्यक्ष खुसिमान गुरुङ, नव आदर्श सामुदायिक विकास समाज का पूर्व अध्यक्ष संजय अधिकारी ,निर्माण व्यवसायि रेशम बुढामगर, लामाचाैर लक्ष्मी सुनचाँदी पसलका प्राेपाईटर तथा सफल व्यवसायि उत्तम सुनारकाे दाम्पत्य रहेकाे सभ्य र भव्य कार्यक्रमकाे सन्चालक क्याप्टेन मन्त्री जङ गुरुङले गर्नुभएको हाे ।





प्रतिक्रिया दिनुहोस