झिंगु नेवाः छेः खलको प्रथम साधारण सभा सम्पन्न
621 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. ११, १२ र १३ लाई समेटेर स्थापना भएको श्री झिंगु नेवाः छेः खलको प्रथम साधारण सभा शनिबार एक समारोह गरी सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले कार्यक्रमको उद्घाटन गर्दै सबै मिलेर काम गर्नु पर्ने आवश्यकता औंल्याउनु हुदै अबको केही वर्ष मै समाज घर वनाई सक्नु पर्ने चुनौती रहेकोले संस्थालाई शुभकामना गर्दै आफुले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने वताएका थिए ।
सो अबसरमा नेवा मिसा खल कास्कीकी अध्यक्ष मेनुका श्रेष्ठ, सल्लाहकार तथा नेवा कचा खल सितलादेवीका अध्यक्ष शान्त कुमार श्रेष्ठ, सल्लाहकार वामन प्रसाद ढेवाजु, विश्वलाल श्रेष्ठ, रामहरी श्रेष्ठ, नेवा ल्याम्ह पुच कास्कीका उपाध्यक्ष सहदेव (विनित) जोजिजु, लगाएतले शुभकामना कामना व्यक्त गरेका थिए ।
सो अवसरमा आजिवन सदस्य हरुलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थामा एकघर एक सदस्य वनाउने अभियान थालिएको छ । सभामा सचिव राजेश श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक तथा वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष सोनी ढेवाजुको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
लामो समयदेखि कुरा मात्रै हुँदै आएकोमा गतवर्षबाट विधिवत दर्ता गरी बृहत बहुउद्देश्यीय भवन बनाउने लक्षका साथ संस्थाले विभिन्न गरिविधिहरु गर्दै आएको वताउँदै संस्थाका अध्यक्ष भिम कुमार श्रेष्ठले नेवारी सस्कृति झल्कने भवन छिट्टै निर्माण हुनेमा विश्वास व्यक्त गरेका छन् ।
संस्थाका अध्यक्ष भिम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष निर्मला श्रेष्ठ र सचिव राजेश श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस