मुख्य मन्त्री भट्ट चुनावमा भएको खर्च जितेपछि असुल्ने दाउ
325 Views
धनगढी, २५ मंसिर। धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनावमा भएको खर्च जितेपछि असुल्ने दाउ बनाउने गरेको बताएका छन्।
धनगढीस्थित एक कार्यक्रममा बाेल्दै मुख्यमन्त्री भट्टले भने! “चुनावमा करोडौँ खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि कसरी काम गर्न सक्छन्! उनीहरूले आफूले लगानी गरेको पैसा असुल्ने काम मात्र गर्छन्, अहिलेको चुनावी खर्चले त्यो सम्भावना झनै बढाएको छ।”
पैसा नहुनेले अहिलेको परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नै नरहेको उनले बताए। “गरिबले टिकट नै पाउँदैनन्” उनले भने! “टिकट पाए पनि जितेको उदाहरण छैन।” आम मतदाताले पनि पैसा पाए मात्रै भोट दिने गरेको मुख्यमन्त्री भट्टले बताएका हुन् ।





प्रतिक्रिया दिनुहोस