बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृ*त्यु
420 Views
काठमाडौं, २५ मंसिर । काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृ*त्यु भएको छ।
आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृ*त्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
दु*र्घ*टनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृ*त्यु भएको हो।
मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो। उनी निलबाराही गणमा जाँदै थिए।





प्रतिक्रिया दिनुहोस