अरु भन्दा बेग्लै हाे हाम्रो पार्टी भनेर भाेट मागेका रास्वपाकाे कार्यलयमा खबरदारी
404 Views
काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा प्रतिनिधि सभातर्फ समानुपातिक सांसद चयनको विषयलाई लिएर नेता तथा कार्यकर्ताहरूले खबरदारी गरेका छन् ।
रास्वपाले समानुपातिक उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गरेको थियो। प्राइमरी इलेक्सनबाट धेरै मत ल्याएकाहरूलाई राखेर समानुपातिक उम्मेदवारको बन्दसूची बनाइएको थियो। तर अहिले समानुपातिकतर्फ सांसद चयन गर्दा प्राइमरी इलेक्सनविपरीत गर्न खोजेको भन्दै विरोध भइरहेको छ।
केन्द्रीय समिति बैठक बस्नुअघि नै प्राइमरी इलेक्सनअनुसार समानुपातिक सांसद पठाउनुपर्छ भनेर आफूहरूले पार्टीमा खबरदारी गरेको उनले बताए।
“भोट माग्न जाँदा हामीले अरू पार्टीभन्दा फरक छौं भनेका हौं। प्राइमरी इलेक्सन गरेको भनेका छौं। यसमा तलमाथि नहोस्उ”उनले भने। उनले पार्टी सरकारमा जान नहुने र प्रतिपक्ष बस्नुपर्ने पनि बताए। जनताले प्रतिपक्षमा बस्न म्यान्डेट दिएको उनको भनाइ थियो।
आज पार्टी कार्यालयमा खबरदारी गर्न पुगेका सुनसरी जिल्ला सभापतिसमेत रहेका सुनसरी २ मा रास्वपाबाट मंसिर ४ को चुनावमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार भएका लालविक्रम थापाले प्राइमरी इलेक्सनअनुसार नै समानुपातिक सांसद चयन गरिनुपर्ने माग गर्दै खबरदारी गरिएको बताएका छन् ।हामीले पार्टीमा डिजिटल डेमोक्रेसी सुरूवात गरेको हो। उम्मेदवार छान्दा प्राइमरी इलेक्सनबाट छानिएको हो। उनले भनेका छन् ।





प्रतिक्रिया दिनुहोस