नेवार समुदायको मौलिक पर्व “याेमरी पुन्हि” यसरी धुमधामकासाथ मनाईदै
400 Views
काठमाडौं,२२ मंसिर । परम्परा , संस्कृति, अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, पाेखरा लगायत विभिन्न छुट्टाछुट्टै स्थानमा रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता रहेकाेछ।
विशेषगरि यसदिन केटाकेटीहरु रमाईलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाईने चलन पनि परापूर्वकालदेखि हुँदैआएको पाइन्छ । योमरि कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँखाले परिकारका रुपमा योमरि देखा परेको र सम्पूर्ण गाउँलेहरुलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मनपरेर योमरि नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरि भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ ।
योमरिको प्रसङ्ग देवगणसंग पनि जोडिएर आउँछ, नेवार समूदायमा प्रचलित कथाहरूका अनुसारः योमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिंडि रहेका हुन्छन् यसरी भेष बदलेर हिंडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरि खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरिझै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसंग बितोस् |
।
साथै आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापू सस्कृतीको रक्षार्थ बिसं २०६१ सालवाट यस दिवस मनाउन थालिएको हो । नेवा संस्कृति, संङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता पारम्परीक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतकालागि हरेक वर्ष काठ्माण्डाै, पाेखरा लगायतका उपत्यकाका भिन्ना भिन्नै स्थानमा कार्यक्रम हुने गर्दछ। यस १९औं ज्यापु दिवस् ज्यापु दिवस ११४३ विभिन्न नेवारी सभ्यता सहितका विभिन्न सांस्कृतिक झाँकिहरू देखाउने परम्परा रहि आएको छ । नेपाल संवतकाे दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई (थिंला पुन्हि) पनि भनिन्छ। नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन्। विभिन्न मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन्। मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने याेमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान याेमरीबाट प्रख्यात रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस