पोखरा बहुमुखी क्याम्पस ३५ वर्ष पछि आफ्नै भवनमा
631 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं. १ वगरमा ३५ साल पहिले स्थापना भएको पोखरा बहुमुखी क्याम्पसले आजबाट आफ्नै भवन पाएको छ । यस अगाडि पोखरा पुरानो टुडिखेलको राष्ट्रिय मावि, नदिपुरको ज्ञानभुमी मावि र नयाँवजारको महेन्द्र माविमा क्याम्पस संचालन थियो ।
नयाँ भवनमा प्रवेश संगै क्याम्पसले ३६ औं वार्षिकोत्सक तथा सम्मान कार्यक्रम पनि सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नु भएको थियो । उहाँले उत्कृष्ठ विद्यार्थी तथा चन्दादाताहरुलाई सम्मान पत्रद्धारा सम्मानित गर्नुभएको थियो ।
बुधबार विहान हाल सञ्चालित क्याम्पस भवन (पोखरा–९, नयाँबजार स्थित महेन्द्र मावि) को परिसरमा भेला भई बाजा गाजा सहित नवनिर्मित भवन (पोखरा–९, शान्ति वनवाटिका) प्रवेश गरि औपचारिक रुपमा शुभारम्भ गरिएको थियो ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्याम्पसको वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै सम्पूर्ण भवन निर्माणमा सहयोग गर्ने चन्दादाता, आजिवन सदस्य लगाएतलाई धन्यवाद दिनु भएको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रमको प्राध्यापक अनुपमणि अधिकारीले गरेका थिए ।







प्रतिक्रिया दिनुहोस