“एवन ग्रेटर नेपाल यातायात प्रा.लि.द्वारा” निःशुल्क पिउने पानीको व्यवस्था
361 Views
पोखरा, ६ मंसिर । पोखरामा बालाचतुर्दशीकाे दिनमा हरिहरधाम शन्यास आश्रम गुफामा सदाशिवकाे दर्शन र सदबिज छर्न आउने भक्तजनहरुलाई पिउने पानीको निःशुल्क व्यवस्था गरेकाे छ । 


पाेखरा बजारदेखि नजिकै रहेको भलाम पोखरा र यस क्षेत्रकै अतिनै प्रसिद्द धार्मिक स्थल हरिहर धाम शन्यास आश्रम गुफा सदाशिवको दर्शन साथै बालाचतुर्दशीको सद् बिज छर्न आउने श्रदालु भक्तजन तथा पैदल यात्रु हरुलाई “एवन ग्रेटर नेपाल यातायात प्रा.लि.ले”नि:शुल्क पिउने पानी बितरण गरिएको हाे ।
उक्त कार्यक्रम संयोजक कम्पनि का उपाअध्यक्ष श्री देबिराम पाण्डे र कार्यसमिति अध्यक्ष धनिराम सार्कि, सचिव श्री गोकर्ण केसी को ब्यवस्थापनमा सम्पन्न भएको उक्त कार्यक्रममा कम्पनिका बरिष्ठ सल्लाहकार श्री कृष्ण क्षेत्री र पत्रकार कृष्ण रानाभाट, कम्पनिका सदस्यहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
हरिहरधाम गुफाकाे दर्शन गर्नकै लागि पैदल यात्रा गर्दै ठाडाे उकालो चढि थाकेका भक्तजनहरुलाई पिउनेपानी बितरण गरि आंँफुलाई र आफ्नो कम्पनि लाई सामाजिक कार्यमा लगाउन पाउँदा कम्पनिका सदस्यहरु निकै खुसि देखिन्थे,भने थकान लागेको र चर्को गर्मिमा पानी पिउने व्यवस्था निःशुल्क गरेको मा तिर्थालुहरुले कम्पनि र कम्पनिको तर्फ बाट खटेका पदाधिकारी हरुलाई आशिर्वाद दिदै खुसि व्यक्त गरेका थिए ।
साेहि कम्पनिका निर्देशक एवम सल्लहकार प्रमुख अतिथि कृष्ण क्षेत्री रहेकाे थियाे भने, पत्रकार कृष्ण रानाभाट,गणेश लामा र सुचनाको हकका पोखरा महानगर सचिव सागर कार्कि लाई पानीको बोतल हस्तान्तरण गरि प्रमुख अतिथि कृष्ण क्षेत्रीले कार्यक्रम उद्घघाटन गरेकाे थियो ।
आज बिहान १२ बजे सम्म ५०० भन्दा बढि श्रद्धालु भक्तजनलाई पिउनेपानी बितरण गरिएको थियो भने साँझ अबेर सम्म उक्त संख्या बढेर ७०० पुगेको थियो । कम्पनिका सल्लहाकार कृष्ण क्षेत्री दम्पत्ती ले केहि समय गुफा व्यवस्था समितिको सरसफाई व्यवस्थापनको लागि श्रमदान समेत गर्नुभएको थियो ।
साेहि कम्पनिका निर्देशक एवम सल्लाहकार प्रमुख अतिथि कृष्ण क्षेत्रीले भने!”एवन ग्रेटर नेपाल यातायात प्रा.लि.”ले ८४ वर्ष भन्दा माथिका उमेरका प्यासेन्जर लाई निशुल्क यातायात सेवाकाे व्यवस्था रहेकाे छ । साथै चालक र गाडि मालिक लाई वार्षिक बोनस बितरण समेत गर्छाैँ । त्यस्तै दु*र्घट*ना र अन्य समस्या प्रति कम्पनी उत्त्तिकै जिम्मेवार रहेर जिमीदारी सहितकाे कार्य गरि मजदुरहरुकाे हकहित र जिवन यापनका विषयमा सधै बफादार रहन्छाैँ !” यसैगरी समय समयमा सचेतनामुलक तालिम, जनचेतना तथा सामाजिक हितका कार्य गर्न कम्पनि सधैँ तयार रहेकाे खुलस्त पारेकाे छ ।





प्रतिक्रिया दिनुहोस