मतदातालाई पैसा बाँड्दै गर्दा नेकपा एमालेका प्रदेश सभा उम्मेदवार पक्राउ
387 Views
काठमाडौँ,२ मंसिर । मतदातालाई पैसा बाँड्दै गर्दा एक नेकपा एमालेका प्रदेशसभा उम्मेदवारलाई प्रहरीले पक्राउ गरेकाेछ।
प्रहरीले काठमाडौं क्षेत्र नं ५ को प्रदेशसभा”ख”का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको जनाएको छ । उनीसहित अन्य तीन जना पनि पक्राउ परेको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल रहेकाे छ ।
उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले छापा हानेको थियो। काठमाडौं ५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा रहेकाे छन्।





प्रतिक्रिया दिनुहोस