५ वर्ष अगाडि जग राखेकाे गुम्बा ५ वर्ष पछि पुग्दा पनि जस्ताको त्यस्तै
468 Views
मकवानपुर, बागमती गाउँपालिका वडा नं ६ कैले डाडाँमा हिजाे ३० गते घरदैलो कार्यक्रममा स्वतन्त्र उम्मेदवार पुग्दा स्थानीय एकलाैटी भाेट स्वतन्त्रलाई दिने जनाएको छ । 

गत ५ वर्ष अगाडि माओवादी पार्टी विजय भएको बागमती गाउँपालिका भित्र पर्ने कैले डाँडामा धेरै जसाे तामाङ बस्ती रहेकाे छ र तामाङ जातहरुकाे बहुल्यता रहेकाे गाउँमा गुम्बाकाे निर्माण गर्नकाे लागि गुम्बाकाे जग राखेर खम्बा मात्रै उठाएर राखेकाे ५ वर्ष बितिसक्दा पनि कुनैपनि पार्टीका दलिय नेताहरूले वास्ता नगरेकाे स्थानीय बासिन्दाहरुकाे गुनासाे रहेकाे छ ।

“भाेट माग्नकै लागि गाउँ-गाउँमा पुग्ने नेताहरु गाउँलेलाई सहयाेग चाहिदा काेहि पनि फर्केर आउँदैनन्,” स्थानीयले भने, “मंसिर ४ गतेकाे निर्वाचनमा कुनैपनि पार्टीलाई भाेट नदिने भनेर बसेकाे स्थानीयले भने “! मकवानपुर क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार रहेकाे थाह पाएपछि अबकाे भाेट स्वतन्त्र उम्मेदवार आईतराम तामाङलाई एकलाैटी मतदान गर्ने बताएको छ ।
यदि स्वतन्त्र उम्मेदवारकाे जित भयाे भने साे गुम्बालाई पुर्ण निर्माण कार्यमा जाेड दिनुपर्ने स्थानीयकाे माग रहेकाे छ ।





प्रतिक्रिया दिनुहोस