फु:डाेमा – सायर ( करण तामाङ )
428 Views
नुवाकोट साहित्य प्रतिष्ठान नेपालका प्रवक्ता साथै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद अन्तर्गत कला संगित तथा साहित्य सञ्जालका केन्द्रीय सदस्य कवि करण तामाङ घ्यान सायरकाे एक कविता फु:डाेमा
सधैंकाे साँझ
निलाे त्याे आतकाशमा
देख्छु फु-डाेमा
सुन्दर त्याे अँधेरी
चिसाे वदन
नजिक बाट जान्छ
हावाकाे स्पर्श
टाेलाएकाे आँखामा
काेरेकाे चित्र
यी ओँठ मुस्काउछ
सम्झना बनी
साथ खाेजिरहेछ
तिम्रो अंगालाे
भेटाै न मधुमास
सधैंकाे रात
क्षितिज वारि अाउ
आँफ्नै ठाने
परी जस्तो देखिन्छ
फूल जस्ती छ्याै
प्रिय राजकुमारी
प्यारी फु-डाेमा ।
याे मधुरता
झ्यालबाट हेरेर
फिक्का अँधेरी
सुन्यता पाएँ
पर्खाइमा बसेकाे
आशाहरु छन्
रंगिन जीवनकाे
फर्कि आउनु
एक्लो आभाष यहाँ
सबै प्रहर
चित्त बुझाउँ मैले
अभाव तिम्रो
मन बदलिएको
डर बेस्सरी
सम्हाल्न गाह्रो भयाे
भनु कसरी
प्रिय राजकुमारी
पर्खाइमा छु ।





प्रतिक्रिया दिनुहोस