स्वतन्त्र उम्मेदवारद्वारा जेष्ठनागरिकलाई सम्मा”काे हुन् त आईतराम तामाङ?”
369 Views
मकवानपुर, असाेज २९ खाेज मिडिया । हात्ती सुडे गाउँपालिका वडानं ३ बकैयामा रहेका ८० वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
मकवानपुर जिल्ला क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार आईत राम (आराम) तामाङले ८० वर्ष नाघेका १० जना जेष्ठ नागरिकहरुलाई दाेसल्ला ओढाएर १/१ बट्टा हर्लिक्स हस्तान्तरण गरि सम्मान गरिएको हाे ।



तामाङले आँफुमा केही स्वार्थ नभएको र जन्तालाई दुःख भएको हेर्न नसक्ने बताएका छन् । “जन्ताकाे पिडामा सधैंभरि साथ दिएर समाज र देशलाई परिवर्तन गर्नकाे लागि राजनीतिनै चाहिने रहेछ बिना राजनिती देश परिवर्तन गराउँन असम्भव रहेछ !” उनले भने। देश विकास गर्नकाे लागि र जनताको अतिआवश्यक शिक्षा, स्वास्थ ,राेजगार जस्ता जटिल समस्याहरुकाे समधान गर्नकाे लागि आँफू स्वतन्त्र उम्मेदवारबाट अघि बढेकाे कुरा प्रस्ट पारेका छन् ।
मकवानपुर क्षेत्र नं १ बाट विजयी भएकाे खण्डमा उनले पहिलाे प्राथमिकता निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य र राज्यबाट पाउँने तलब/भत्ता जन्ताकाे सेवामा खर्च गर्ने कुरा घाेषणा गरेका छन् । तामाङले अहिले मात्रै हाेईन दु:खि, गरिव, असाहायहरुकाे लागि २ दशकदेखि सहयाेग गर्दै आईरहेका छन् ।
सम्मानित भएका जेष्ठनागरिकहरुकाे नामकरण यसरी उल्लेख गरिएको छ :-
१) शेर बहादुर नेगी,
२) कमल बहादुर वि.क.
३) बिष्णुमाया वि.क.
४) आईतीमाया दाेङ,
५) तरीमाया देसार,
६) चन्द्र बहादुर थिङ,
७) जनक सिङ थिङ,
८) कान्छीमाया घलान,
९ ) छाेईसाङ दाेर्जे बाेम्जन,
१०) पदम बहादुर नेगी,





प्रतिक्रिया दिनुहोस