दलिय नेताहरु भाेट माग्न घरधैलाे, स्वतन्त्र उम्मेदवार पिडितकाे उद्दारमा
481 Views
मकवानपुर, असाेज २७ खाेज मिडिया । चितवन मेडिकल कलेजमा २८ वर्षिय बिमला रुम्बा थापाकाे लास उद्दार गरिएको छ ।
असाेज २५ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना भएकी रुम्बा थापाकाे आर्थिक अभावका कारण अस्पतालबाट लास निकाल्न कठिनाइ भएपछि मकवानपुर जिल्ला क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारीमा उठेका आईतराम (आराम) तामाङकाे सहयाेगले उक्त मृ*तककाे उद्दार गरेकाे हाे ।
लामाे समयदेखि मुटुकाे भल्भमा समस्या भएकी बिमला गर्भवती रहेकी उनकाे परिवारले जानकारी दिएकाे छ । गर्भमा ८ महिनाकाे शिशु रहेकाे र उक्त शिशुलाई बचाउनका लागि अस्पताल पुगेका विमला रुम्बा थापाकाे अस्पतालमा मृ*त्यु भएको हाे । मृ*तक बिमला रुम्बा थापाकाे १० वर्षिय छाेरा र ८ वर्षिय छाेरी समेत रहेकाे उनकाे परिवारले बताए । विमलाकाे श्रीमान ट्याक्टर चालक भएको खुलेकाे छ ।
मकवानपुर जिल्ला क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारबाट मंसिर ४ गतेकाे निर्वाचनकाे लागि मैदानमा उत्रिएका युवा व्यवसायी आईतराम (आराम) तामाङले अस्पतालमा मृ*तक बिमलाकाे उपचारको लागि खर्च भएकाे सम्पूर्ण खर्च रु ५५,००० पचपन्न हजार बराबरको अस्पताल खर्च रकम भएकाेमा आराम तामाङकाे पहलमा अस्पतालले रु.१५००० छुट गरि रु४०,००० चालीस हजार रुपैयाँ बिल भुक्तानी गरि मृ*त*क बिमला रुम्बा थापाकाे लास अस्पतालबाट निकालिएको हाे ।
युवा व्यवसायी आईतराम तामाङले बिगतका दिनहरुमा पनि दुःखि, गरिव, असाहाय, अन्यायमा परेका पिडितहरुकाे निमित्त व्यक्तिगत आर्थिक रकम सहयाेग गर्दै आईरहेकाे थियाे । उनले आवाज विहिनहरुकाे बुलन्द आवाज उठाएर सहयाेग गर्दै आएका छन् । उनी एक देश चिन्तन र देश भक्ति व्यक्ति हुन् ।
स्वतन्त्र उम्मेदवार आईतराम तामाङ २७ गते बुधबारका दिन बिहानकाे समयमा बारा जिल्लामा रहेकाे प्रख्यात “गढिमाई देबि मन्दिर”काे दर्शन गर्न पुगेका थिए । उनी गढिमाई मन्दिरकाे दर्शन गरि फर्किने क्रममा उक्त घट्नाकाे बारेमा जानकारी आएपश्चात तुरुन्तै चितवन मेडिकल अस्पताल पुगेका थिए । उनी अस्पताल पुगेपछि पिडितकाे गुनासाे सुनेर आँफुले सकेकाे सहयाेग गरेकाे बताए ।


” जन्ताले मलाई चिनुन या नचिनुन्, जन्ताले मलाई हेर्ने नजर जस्ताेसुकै रहेता पनि मैले जन्ताकाे पीडा बुझेकाेछु म सधैं जन्ताकाे सेवामा लागि पर्नेछु ।” आराम तामाङले भने ! उनले आँफुमा कुनै स्वार्थ नरहेकाे, देश, समाज र जन्ताकाे चिन्तन गरिरहने व्यक्ति भएकाले गर्दा उनले सकेकाे सहयाेग सबैलाई गर्ने उनकाे भनाई रहेकाे छ ।
मकवानपुर क्षेत्र नं १ भित्र पर्ने सम्पूर्ण पिडित, असाहाय,निम्न वर्गका व्यक्तिहरु काेहिकसैलाई आर्थिक रकम अभावका कारण अल्झिएका अशक्त व्यक्तिहरुलाई सिधा उनलाई सम्पर्क गर्नका लागि आह्वान गरेका छन् ।





प्रतिक्रिया दिनुहोस