राप्रपा नेपालका सहमहामन्त्री पद राजिनामा दिएर स्वतन्त्र उम्मेदवारमा दर्ता(आराम तामाङ्)
447 Views
पोखरा, असोज २३ खोज मिडिया । मकवानपुर क्षेत्र नं १ को प्रतिनिधि सभाबाट अईताराम तामाङ्ग (आराम) ले स्वतन्त्र उम्मेदवार दर्ता गरेको छ ।
आराम तामाङ् राप्रपा नेपालको राष्ट्रिय अध्यक्ष समेत रहेका थिए । पार्टी भित्र आफ्नै सहोदरीले उसैको अनुमति बिना अरुलाई पार्टी हस्तान्तरण गरेपछि उनको राजनीति यात्रा बिथलिएको थियो । सोहि क्रममा उनि विदेशमा रहेकोले गर्दा उनको अनुमति बिना अरुलाई पार्टी सुम्पिए पछि उनि तुरुन्त नेपाल फर्किएका थिए । नेपाल फर्किए पछि उनलाई सोहि पार्टीको सहमहामन्त्रिको पद दिए ।
राप्रपा नेपालका सहमहामन्त्री रहेका आराम तामाङ्ले केहि दिन अगाडी राजिनामा पत्र पेश गरेका थिए । उनि यत्तिबेला मंगसिर ४ गतेको चुनावको लागि तयारीमा रहेको बताएका छन् । उनले आज मात्रै मकवानपुर क्षेत्र नं १ प्रतिनिधि सभाबाट स्वतन्त्र उम्मेदवार दर्ता गरेका छन् ।

देश र समाजको लागि केहि गर्नुपर्छ भन्ने सोचले राजनीतिमा होमिएका तामाङ्ले राप्रपा नेपाल पार्टीबाट सोचे जस्तो काम गर्न पार्टीबाट सहयोग नमिले पछि अन्तिममा स्वतन्त्र बाट उम्मेदवार दर्ता गरेका छन् ।





प्रतिक्रिया दिनुहोस