“छोराछोरी बराबरी हुन्” लाेक गीतबाट करण तामाङ्गले दिए संदेश(भिडियो सहित)
578 Views
पोखरा, असोज २३ खोज मिडिया । लामो समय देखि संगित क्षेत्रमा लागेर आफ्नो जीवनलाई संगीतमै समर्पित गरि दु;खसुखका गीतहरु गुन्जाउदैं जीवन बिताईरहेका संगीत प्रशिक्षक करण तामाङ्ग पोखरामा कर्म थलो बनाउँदै बसोबास गरिरहेका छन ।
प्युठान जिल्ला गाैमुखी गाउँपालिका वडा नं १(लामा गाउँ)थनिका मा जन्मिएका करण तामाङ्ग यत्तिबेला पोखराको चिप्लेढुंगा अवस्थित कर्णप्रिय संगीतालयको संचालक हुन् । उनि सानै उमेरदेखि संगीतमा रुचि भएका व्यक्ति थिए । प्युठान जिल्लामा जन्मिएर,हुर्किएर अद्ध्यन गर्ने क्रममा विद्द्यालयमा स्तरदेखि संगीतमा लागेका तामाङ्ग विद्यालयको कार्यक्रमहरुमा गाउँने क्रममा सधैँ प्रथम हुने गरेको बताउँछन् ।
उनको परिवारमा बुबादेखीनै संगीतमा रमाउने परिवार थिए । परिवारनै संगीतमा रमाउने भएकाले आँफु पनि उहाँहरुसँगै देउसीभैलो खेल्दै रमाउने गरेको उनि बताउछन । यसरी रमाउने गाउँने क्रममा उनले आफ्नै विद्द्यालयहरुको कार्यक्रमहरुमा गाउने क्रममा २२ वटा विद्यालयलाई पछि पार्दै आँफु प्रथम भएको बताए ।
यसरी संगीत क्षेत्रमा केहि गर्नुपर्छ भन्ने लागेर संगीतमा लागेका तामाङ्ग ५७/५८ सालको जानआन्दोलनमा इंडिय पुगेका थिए । इंडिय पुगेपछि उनले धेरै दुखका दिनहरु बिताएका कुरा खोज मिडियासंग सुनाएका थिए । त्यतिबेला नेपाललाई सम्झिएर घरपरिवार सम्झिएर भक्कानिएका ति तिता घटनाहरु फेरी स्मरण गर्दै सुनाए ।
इन्डियामा दुखका दिनहरु बिताएपछि पुन नेपालमा फर्किएका तामाङ्ग नेपालमै बसेर केहि गर्नुपर्छ भन्ने सोचले पोखरा आईपुगेको उनि बताउँछन् । ईन्डिया पश्चात नेपाल आईपुगेका तामाङ्गको पहिलो संगीत गुरु लाक्पा लामा रहेको बताए । संगीत क्षेत्रमा केहि गर्नुपर्छ भन्ने लागेर संगीत गुरुको सहारा लिएर १०/१२ वर्ष सिकाई पछि यत्तिबेला भने आँफैले अरुलाई संगीत सिकाउंदै संगीत क्षेत्रलाई अगाडी बढाएको कुरा सुनाए ।
“सानैदेखि छोराछोरी बराबरी हो।” “छोरीलाई पनि छोरालाई जस्तै समान व्यवहार गरि पढाउनुपर्छ।”भन्ने मार्मिक लाेक गीतहरु गाउँने गरेको उनले बताए । त्यो बेलाको समयमा छोरीलाई घाँस दाउरा गर्न बनजंगल जानुपर्छ पढ्नु हुँदैन भन्ने एक प्रकारको प्रचलन थियो भने छोरालाई पढाउनुपर्छ शिक्षा दिनुपर्छ भन्ने भेदभाव गर्ने समयमा उनले गित मार्फत छोराछोरी बराबर हुन् दुबैलाई बराबर शिक्षा दिनुपर्छ भन्ने विषयलाई उठाउंदै लाेक गित गाउँदै संगीत क्षेत्रमा लागेका करण तामाङ्ग यतिबेला कर्णप्रिय संगीतालयको प्रवर्धक तथा निर्देशक रहेका छन् ।
अन्तर्वार्ता
(क)तामाङ्गको छोरा किन संगीत मा लाग्नुभयो ?
उत्तर= तामाङ्ग, गुरुङ, मगर धेरै जसो जनजातिहरु संगीतमा रमाउने गर्छन् । नेपाली गित संगीतलाई प्रवर्धन गर्नको लागि र आँफुसंग भएको कला अरुलाई बढ्ने उद्देस्यले संगीतमा लागेको उनले बताए ।
(ख)सुरुसुरुमा कस्तो खालको गीतबाट संगीत सुरु गर्नुभयो ?
उत्तर= लाेक गीतबाट कक्षा ३ देखि कक्षा ७ सम्म लाेक गित गाएर प्रथम भएको थियो ।





प्रतिक्रिया दिनुहोस