राप्रपा नेपालका सहमहामन्त्री आईतराम तामाङ (आराम) ले पार्टीबाट दिए राजिनामा
354 Views
पोखरा, असोज २१, खोज मिडिया । राप्रपा नेपाल पार्टीका सहमहामन्त्री आईतराम तामाङ (आराम) ले पदबाट राजिनामा दिएका छन् ।
राजनीतिक तथा सांगठानिक रुपमा असहमति जनाउदै पार्टीको पछिलो परिणाम निराशाजनक आएको भन्दै सहमहामन्त्री पदबाट राजिनामा दिएका हुन्, गत केही वर्षदेखि आफूले तन, मन र धनले भ्याएसम्म राष्ट्रिय अध्यक्षका रूपमा रहदा पनि निस्वार्थ र इमानदार भएर पार्टीलाई राम्रो बनाउने प्रयास गरेको बताए ।
आगामी मंगसिर ४ गते हुने निर्बाचनमा स्वतन्त्र रही पार्टी बाहिर नै रहेर सहयोग गर्ने जानकारी गराउदै पार्टीमा रहदा सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस