पर्यटन व्यवसायी सुदिप गाैतमकाे निधन
613 Views
कास्की, असाेज १६ खाेज मिडिया । कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय गन्तव्य मर्दीहिमाल पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भी*रबाट लडेर मृ*त्यु भएको छ ।
मर्दीहिमाल पदयात्राको हाइक्याम्पमा पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर ३५ वर्षको उमेरमा मृ*त्यु भएको जनाएको छ। गौतमले हाइक्याम्पमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको जनाए । पानी मर्मत गर्न गएका गाैतम चिप्लिएर एक्कासी भीरबाट खसेको जनाएकाे छ । गौतमको टाउकोमा चोट लागेको छ भने हाइक्याम्पको होटलबाट अन्दाजी ३० मिनेट टाढा घटना घटेको जनाएकाे छ । घटनालगत्तै स्थानीयले उद्धार गरेर ल्याएपनि उनकाे बाटैमा मृ*त्यु भएको जनाए । गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहेका थिए ।
गौतमको श*वलाई हेलिकप्टरबाट पोखरा ल्याइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम पछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
मर्दी हिमाल पदयात्राले अहिले विश्वभर चर्चा कमाएको छ । गौतमको जन्म माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिदिङमा जन्मिएका गाैतमकाे परिवारमा बुबा, आमा, श्रीमति एक छोरी र एक छोरा रहेकाे छ।





प्रतिक्रिया दिनुहोस