मृगाैला पिडितलाई आर्थिक सहयाेग( आराम तामाङ)
624 Views
काठमाडौं, असाेज १० खाेज मिडिया । युवा व्यवसायी, समाजसेवी तथा युवा नेता आइतराम (आराम) तामाङले दुबै मृगौला फेल भएका मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर १० नौखामे निवासी जगतमान स्याङ्तानको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
हाल ललितपुरस्थित पाटन अस्पतालमा उपचार तथा हप्तामा दुई पटक डायलासिस गर्दै आएका स्याङ्तानलाई पोर्चुगलबाट समाजसेवी तामाङले १० हजार ४५७ रूपैया सहयोग गरेका हुन् । तामाङले बिगतका दिनहरुमा पनि दुखि, गरिब, पिडित, असहायहरुकाे लागि व्यक्तिगत रकम सहयाेग गर्दै आईरहेका छन् ।





प्रतिक्रिया दिनुहोस