पारिश्रमिक समस्यामा परेका स्टाफ नर्सहरुकाे लागि आर्थिक रकम सहयाेग(आराम तामाङ)
516 Views
काठमाडौं, ९ असोज खाेज मिडिया । समाजसेवी तथा युवा नेता आइतराम (आराम) तामाङले लाखौं पैसा खर्च गरि स्टाफ नर्स पढेका नर्सहरु पारिश्रमिक समस्यमा परेकाहरुलाई आर्थिक रकम सहयाेग गरेका छन् ।
धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका तामाङले देश र जनताको लागि केही गर्नुपर्छ भन्ने भावनाले आफू राजनीतिमा आएको बताउछन् । उनले समस्यामा परेका स्टाफ नर्सहरुकाे लागि रु २०,४०० रुपैयाँ बराबरको रकम सहयाेक गरेका छन् । देशको अवस्था र देशमा भइरहेको गतिविधिहरुलाई नजिकबाट नियालिरहेका तामाङको सुखी नेपाल, समृद्ध नेपाल बनाउने मुख्य उद्देश्य रहेको बताए ।
तामाङले दुखी, पीडितहरुलाई व्यक्तिगत रुपले पनि सहयोग गर्दै आएका छन । देशले युवा नेताको खोजि गरेको समयमा उनको उम्मेदवारीलाई सम्भावना बोकेको उम्मेदवारको रुपमा लिइएको छ । लाखौं पैसा खर्च गरेर नर्सिङ पढेका नर्सहरु पारिश्रमिक समस्यामा परेपछि आन्दाेलनमा उत्रिएका नर्सहरुकाे लागि रु २०,४०० रुपैयाँ रकम सहयाेग गरेकाे छ । उत्कृष्ट योजना लिएर जनतामाझ आउन लागेका तामाङ लामो समयदेखि समाजसेवामा खटिदै आएका छन् । स्थानियदेखि केन्द्रसम्मका प्रतिनिधिहरु जनताको लागि शिक्षा र स्वास्थ्य निशुल्क बनाउने, एक घर एक रोजगारीको व्यवस्था मिलाउने उनको भनाइ रहेको छ ।





प्रतिक्रिया दिनुहोस