गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्रेम थापालाई
536 Views
कास्की, असोज ७ खोज मिडिया । गण्डकी प्रदेशमा रहेर फाेटाे पत्रकारिता क्षेत्रमा रमाउँदै गरेका प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत “गण्डकी प्रदेश उत्कृष्ट फोटो” पत्रकारिता अवार्ड प्राप्त गरेका छन ।
काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे)ले २५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले प्रेम थापालाई प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे । सो विधामा उत्कृष्ट ५ मनोनयनमा खिम लामिछाने, राधीका कंडेल, किरण आचार्य, रजनी तामाङ्ग पर्न सफल भएका थिए । उनिहरुलाई उन्छिन्दै थापाले अवार्ड हात पारेका छन् ।
उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा संस्थाका पूर्व अध्यक्ष मिनरत्न बज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए । उनिहरुको नजरमा प्रेमको फोटो परेको छ। अवार्ड प्राप्त गरिसके पछि प्रेम खुशी देखिन्छन । आगामी समयमा फोटो पत्रकारितालाई निरन्तरता दिंदै जाने प्रतिबद्धता जनाएका छन् ।
अर्थमन्त्री शर्माले फोटो पत्रकारका सुख,दु;खमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ । फोटो माध्यम देशको अवस्था झल्काउन सहज हुने भएकाले यहाँको सांस्कृतिक संरक्षणमा फोटो पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहेको उनले बताए ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले पछिल्लो समयमा फोटो पत्रकारितामा युवाहरुको आकर्षण देख्दा खुशी लागेको बताए । फोटो पत्रकारितालाई पेशा बनाई जीविकोपार्जन गर्ने पत्रकारको संरक्षणमा सरकार लागेको उनको भनाई रहेको छ ।





प्रतिक्रिया दिनुहोस