“बाल संस्कार” नामक पुस्तक सार्वजनिक
466 Views
कास्की, असोज ६ खोज मिडिया । सेवाका लागि युवा नेपाल पोखरा कास्की द्वारा “बाल संस्कार” नामक पुस्तक प्रकाशन गरिएको छ ।
सेवाका लागि युवा संस्थाका बाल संस्कार पुस्तक बिमोचन गण्डकी प्रज्ञा प्रतिष्ठान भवनमा गरिएको थियो । उक्त कार्यक्रमको सभाध्यक्ष छिवाङ् कर्म तामाङ्ग रहेको कार्यक्रमको प्रमुख अतिथि सस्कृतिकविद्, नेपाल प्रज्ञा-प्रतिष्ठान माननीय उपकुलपति डा.जगमान गुरुङ रहेका थिए । “बाल संस्कार” नामक पुस्तकको समालोचना भने पृथ्वीनारायण क्याम्पासका प्राध्यापक शोभाकान्त गौतमले गरिएको हो ।






















सोहि कार्यक्रमको स्वागत मन्तव्य गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति सुर्य बहादुर खड्का बिखर्चीले गरेका थिए । उक्त कार्यक्रम संचालन सेवाका लागि युवा संस्थाका उपाध्यक्ष गोपाल गौतमले गरेका थिए ।
“बाल संस्कार” नामक पुस्तकको लेखक तथा संकलन सेवाका लागि युवा संस्थाले गरेको जनाएको छ । उक्त पुस्तक न्यु राष्ट्रियता छापाखाना भीमसेन टोलमा मुद्रर्ण गरिएको हो । सोहि पुस्तक २०७९ साल असोज ६ गते ५०१ प्रति प्राकशन गरिएको छ ।





प्रतिक्रिया दिनुहोस