सकारात्मक सोचाइ राखेर काम गरे आफ्नै देशमा उपयुक्त बाताबरण : मन्त्री खड्का
525 Views
पोखरा । सकारात्मक सोचाइ राखेर कुनै पनि काम गर्ने हो भने आफ्नै देश उपयुक्त रहेको भौतिक योजना तथा यातायात मन्त्री कुमार खड्काले बताउनु भएको छ ।
पोखरा आयोजित वैदेशिक रोजगारी बाट स्वदेश फर्केर ब्यबसायमा संलग्न युवाहरुको गैरसरकारी गैरनाफामुलक संस्था एशिया मानव अधिकार तथा साँस्कृतिक बिकास मंच (एशियन फोरम) को १८ औं साधारण सभा तथा ८ औं महाधिवेशनको उद्घाटन गर्दै मन्त्री खड्काले आफ्नो बिदेशको अनुभव पनि शेयर गर्नु भएको थियो ।
उनले धेरै नेपालीले बिदेशमा दुख पाएको प्रसंग निकाल्दै आफनै देशमा युवालाई आकर्षक गर्ने योजना बनाउन गण्डकी प्रदेश सरकार लागी परेको बताउनु भएको थियो ।
संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले संस्था स्थापना देखि हालसम्म गरेका कार्यक्रमहरुको बारेमा बताउदै संस्थामा आबद्ध सदस्य तथा कोरिया स्थित दातृ संस्थाहरुलाई आभर् व्यक्त गर्नु भएको थियो ।
सो अबसरमा पोखरा उद्योग बाणिज्य संघका उपमहासचिव शोभा गौतम, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तारानाथ पहारी, कालाबाङ घरेडी घरबास कार्यक्रमका अध्यक्ष याम बहादुर गुरुङ लगाएतले कार्यक्रम सफलता शुभकामना व्यक्त गर्दै बिदेश बाट स्वदेश फिर्ता युवालाई राज्यले निति बनाएर देशमै केही गर्ने बाताबरण बनाउन आग्रह गरेका थिए ।
संस्थाका केन्द्रिय अध्यक्ष किस्मत मणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दितिय उपाध्यक्ष मेनका पौडेलले र कार्यक्रम संचालन केन्द्रिय सदस्य मिरा पौडेलले गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस