कृषि संजाल पोखरा ९ ले वडामा कौसी खेती प्रबर्द्धन गर्दै
453 Views
पोखरा । पोखरा महानगरपालिका वडा नं ९ मा सक्रिय वडा कृषि संजालले कौसी खेती प्रबर्द्धन गर्ने कार्य लाई निरन्तरता दिएको छ ।
संजालको आयोजना तथा वडा कार्यालयको सहयोगमा कौसी खेती गर्न इच्छुक सय भन्दा बढी बासिन्दालाई लसुन र धनियाको बिउ बितरण गरेको छ ।
कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले बीउ बितरण गर्दै कौसी खेती अनुकरणीय र व्यावसायिक बनाउन आग्रह भन्दै कम्पोस्ट मल उत्पादन गरि आफनै घरको कौसी खेतीमा प्रयोग गर्नुपर्ने बताउनु भएको थियो।
संजालले गत महिना मात्रै वडामा २ सय भन्दा बढी कम्पोस्ट बिन सहुलियत मुल्यमा बितरण गरेको थियो भने ५० प्रतिशत अनुदान वडाले उपलब्ध गराएको थियो ।
वडा सदस्यहरु भावना श्रेष्ठ, लक्ष्मी पहारी, नन्दराम गिरि, पुर्व वडा सदस्य राममाया मानन्धर, कृषि विज्ञ बेदकुमार श्रेष्ठ, वडा स्तरीय टोलबिकास संस्थाका अध्यक्ष उत्तम जोशी ले वडाले बितरण गरेको तथा सहुलियतमा दिएका सामाग्रीको उचित प्रयोग गर्दै कौसी खेतीमा पोखराको नम्बर एक हुनुपर्ने बताउनु भएको थियो।
वडा कृषि संजालकी अध्यक्ष बिमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य लक्ष्मी गिरि र संचालन शान्ती भुजेल मगरले गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस