पोखरामा असोज १ गते देखि (आर्ट क्याम्प) सुरु
446 Views
कास्की, २ भदौ । पोखरामा इन्टरनेशलन वाटरकलर सोसाइटी (आइडब्लुएस) नेपालको आयोजनामा असोज १ गते देखि (आर्ट क्याम्प) सुरु भएको छ ।
“पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ” भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुने कार्यक्रम आयोजकले बताएका छन् ।

गण्डकी प्रदेशको पोखराको बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा हिजो शनिबार देखि (पोखरा आर्ट क्याम्प) सुरु भएको छ ।
असोज १ गते देखि ४ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प प्रतिष्ठानको भवनमा मात्रै सिमित नहुने जनाएको छ । उक्त क्याम्पमा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको कलासहित सहभागिता रहेको छ ।

कार्यक्रम आयोजकका अनुसार नेपालबाट ९०, भारतका ८, बङ्गलादेशका १७ र इरानका ६ जना कलाकारको सहभागिता रहेको जनाएको छ । आर्ट क्याम्पअन्तर्गत असोज १ गते भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला (डेमोष्ट्रेसन)मा सहभागीता रहेका छन ।
उक्त आयोजकले कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पुर्याउने लक्ष्य लिएको बताए ।





प्रतिक्रिया दिनुहोस