पोखरा र दक्षिण भारतको विचमा भाइचारा सम्बन्धले पर्यटन उद्योगलाई सहयोग मिल्ने ः मन्त्री शर्मा
1218 Views
पोखरा । वाइ सर्भिस क्लब अफ पोखरा नेपालको आयोजनामा शुक्रबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणिभद्र शर्माले पोखरा र दक्षिण भारतको सम्बन्ध विस्तार हुनुले पर्यटन उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री शर्माले वाईज मेन क्लबहरुले पोखरा र लुम्बीनिमा रहेका क्लबहरुसंग भाइचारा गर्नु दुवै पक्षलाई विविध पक्षमा सहकार्य गर्न सजिलो हुने पनि वताउँनु भयो ।
नेपाल पब्लिक क्याम्पस संघका महासचिव मुक्तिराम पाण्डेले शुभकामना दिर्दै आगामि दिनहरुमा क्लबहरुले गर्ने कार्यहरुले दुवै देशका नागरिकलाई सेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
वाईस मेन क्लब इन्टरनेसनल साउथइष्ट एशिया रिजनका रिजनल डाइरेक्टर इलेक्ट दिपक भण्डारीले क्लबको बारेमा जानकारी गराउँदै पोखरा र दक्षिण भारतका विचमा सास्कृतिक साझेदारी स्थापित हुने वताए ।
वेष्ट डिष्ट्रिक्टका डिष्ट्रिक्ट गर्भनर पिएफएएफ वाइएम डा. आर. सेल्भकुमारको नेतृत्वमा आएको टोलीलाई पोखरामा स्वागत गर्दै वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाट र वाइ सर्भिस क्लब अफ लुम्बिनीका अध्यक्ष सुरेन्द्र एमसीले आगामि दिनमा दुबै क्लबहरु सहकार्य गर्दै सामाजिक कार्यमा सहभागी हुने वताएका थिए ।
एशिया प्यासिफिक एरिया तथा साउथीष्ट एशिया रिजन अन्र्तरगतका नेपालमा रहेका वाई सर्भिस क्लब अफ पोखरा र वाई सर्भिस क्लब अफ लुम्बीनीको क्रमशः वेष्ट डिष्ट्रिक्ट इण्डिया एरिया तथा साउथ इण्डिया रिजन अन्तरर्गतका वाइज मेन ब्लब अफ कोइम्बाटोर आरएस पुरम र वाइज मेन ब्लब अफ कोइम्बाटोर विच भाइचारा सम्बन्धको सम्झौता पत्रका हस्ताक्षर गरिएको थियो ।
पोखरा क्लबका अध्यक्ष अरुण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव कृष्णबहादुर रानाभाट र संचालन सदस्य विशाल बरालले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस