र्ईण्डो-नेपाल फ्रेण्डशिप अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरु
428 Views
कास्की, भदौ ३१। ईन्डोनेपाल फ्रेण्डशिप अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी पोखरामा शुरु भएको छ । असोज १४ गतेसम्म सञ्चालन हुने चित्रकला प्रदर्शनीमा भारतका सात नेपालका १९ जना गरि २६ जना कलाकारका ३३ कलाकृति रहेका छन् ।
कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपाल-भारत बीचको दुईपक्षीय सम्बन्धमामात्र सीमित नभई सजिव कलात्मक सम्बन्धका रुपमा विकास गर्न चित्रकला प्रदर्शनी सफल हुने विश्वास व्यक्त गरे ।
उनले देश र विदेशका कलाकारहरुको कला प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने भन्दै कला विकासमा महानगर सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।
नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा प्रर्व सभासद विश्वकला यात्री नगेन सिंहले कला विकासका लागि ललितकला विकास बोर्डको स्थापना गर्नुपर्नेमा जोड दिए ।
उनले कलाकार राष्ट्रका अभिन्न अंग भएकाले प्रत्येक सरकारी स्कूलमा कला शिक्षा, प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कला विभाग हुनुपर्ने समेत बताए ।
कार्यक्रममा घामपानी बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर रविन्द्र तिवारी र कलाकार सुरेन्द्रराज अधिकारीले सरकारले कला शिक्षा अनिवार्य गर्नुपर्ने माग गरे ।





प्रतिक्रिया दिनुहोस