रा.प्र.पाले नुवाकोट क्षेत्र न २ (क) प्रदेशसभा तर्फ घ्लानलाई सिफारिस
177 Views
नुवाकोट, भदौ ३१। राष्ट्रिय प्रजातन्त्र पार्टीले नुवाकोट -२ (क) बाट प्रदेशसभामा युवा नेता दिपेश लामा घ्लानलाई प्रत्यक्षतर्फ उम्मेदवारीमा सिफारिस गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य उम्मेदवारका लागि नुवाकोट क्षेत्र नं २ को अध्यक्ष समेत रहेका लामालाई सिफारिस गरेको हो। घ्लान राजनीति सगै पर्यटन क्षेत्रमा आवद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस