चण्डिमाई मन्दिरको नवदुर्गा पुजा मुल समितिमा रानाभाट
508 Views
पोखरा । पोखरा महानगररपालिका वडा नं. ९ दरबारथोकमा रहेको ऐतिहासिक महत्व बोकेको प्राचिन समयदेखि पुजापाठ हुँदै आएको चण्डिमाई मन्दिरमा यस वर्ष नवदुर्गा पुजा गर्नको लागि बुद्धिबहादुर रानाभाटको संयोजकत्वमा नवदुर्गा पुजा मुल समिति चयन गरिएको छ ।
चण्डिमाई सेवा समितिको बैठकले यस वर्ष भव्यरुपमा पुजा गर्नको लागि रानाभाटको संयोजकत्वमा ७ सदस्यित मुल पुजा व्यवस्थापन समिति गठन गर्ने र सहसंयोजकमा चण्डिका आमा समुहकी उपाध्यक्ष सीता नेपाली, सचिवमा विष्णुबहादुर खवास, कोषाध्यक्षमा कृष्णबहादुर श्रेष्ठ र सदस्यहरुमा शान्ति भुजेल, अमृतमान श्रेष्ठ र पत्रकार कृष्ण रानाभाट चयन भएका छन् ।
समितिको सल्लाहकारमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, वेदकुमार श्रेष्ठ, पूर्णबहादुर भूजेल, केशव प्रसाद रेग्मी, रामबहादुर खवास ठकुरी, जगत केसी, श्याम बहादुर राना र विरबहादुर गुरुङलाई चयन गरेको छ ।
चण्डिमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलको अध्यक्षतामा भएका बैठकको संचालन सचिव रामु वास्तोलाले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस