शब्दचित्रमा गण्डकी बोर्डिङ स्कुल
191 Views
हरि शर्मा
स्थानीय शिक्षानुरागी जनताको सहयोग, ‘युनाइटेड मिसन टु नेपाल’को व्यवस्थापन र नेपाल सरकार शिक्षा मन्त्रालयको पहलमा विभिन्न आर्थिक, सामाजिक र सांस्कृतिक परिवेश भएका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले वि.सं. २०२३ जेष्ठ २९ गते (स्न १९६६ जुन ११) नेपाल आदर्श विद्यालयको नामले स्थापित यस विद्यालय विविध सांस्कृतिक र प्राकृतिक सौन्दर्यमा रमाएको सुन्दर नगरी लामाचौर, पोखरामा अवस्थित छ । यो विद्यालय अहिले गण्डकी बोर्डिङ स्कुल राष्ट्रिय विद्यालयको नामबाट देश विदेशमा परिचित छ ।
यो विद्यालय सार्वजनिक शैक्षिक गुठी ऐेन अन्तर्गत मुनाफा रहित विद्यालयको रूपमा स्थापना भई नेपाल सरकारको स्वामित्व तथा व्यवस्थापनमा सञ्चालन भईरहेको छ । विद्यालयले सालवसाली रूपमा छात्रवृत्ति एवम् स्तरोन्नतीका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा अनुदान प्राप्त गर्दै आईरहेको छ ।
वि.सं. २०२३ जेष्ठ २९ गते स्व. श्री ५ महेन्द्र वीरविक्रम शाहदेवको शुभ जन्मोत्सवको अवसर पारी उद्घाटन गरिएको यस विद्यालय २०२३ जेष्ठ ३० गतेदेखि पठनपाठन प्रारम्भ गरिएको थियो । विद्यालय स्थापनाको तत्कालीन समयमा विद्यालयमा ६ जना शिक्षक र ६० जना छात्र विद्यार्थीहरूबाट अध्यापन प्रारम्भ गरिएको थियो । हाल यस विद्यालयमा ५५ जिल्लाका करिव १२०० जना विद्यार्थी र १५० जना शिक्षक तथा कर्मचारीहरू कार्यरत रहनु भएको छ । विद्यालयमा कक्षा ४ देखि १२ सम्मको अध्ययन अध्यापन गरिन्छ । यसको विस्तारित कार्यक्रम अन्तर्गत सन् १९९९ मा स्थापित‘ गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड सँइन्स’ मा स्नातक तह मा बि.इ. कम्प्यूटर इन्जिनियरिङ, बि.इ.सफ्टवेयर इन्जिनियरिङर स्नातकोत्तर तहमा एमएससी इन इनफरमेसन सिस्टम इन्जिनियरिङ विषयको अध्ययन अध्यापन भईरहेको छ ।
विद्यालयले गरिव तथा जेहेन्दार र दुर्गम क्षेत्रका विद्यार्थीहरूको लागि कक्षा ४ मा पूर्ण र आंशिक छात्रवृत्तिमा प्रवेश परीक्षा लिई प्राथमिकताका आधारमा वार्षिक रूपमा २२ देखि २७ जना विद्यार्थीहरूलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । विद्यालयले कक्षा ४ र कक्षा ११ मापूर्ण शुल्क तिरेर अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि प्रवेश परीक्षा लिई मेरिट वेशको आधारमा भर्ना लिने गरेको छ । दुई तीन वर्षको अन्तरालमा कक्षा ५ देखि ९ सम्म रिक्त रहेका सिटहरूमा पनि प्रवेश परीक्षा लिएर मेरिट वेशको आधारमा भर्ना लिने गरेको छ । विद्यालयमा करिव २०० जना विद्यार्थीहरूले छात्रवृत्ति सुविधा प्राप्त गरी अध्ययनरत रहेका छन् ।
विद्यालयको स्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने संस्थापकहरू जोनाथन लिण्डेल, हवार्ड बाक्ले, लक्ष्य बहादुर गुरुङ र कवि भूपी शेरचन जस्ता विशेष व्यक्तिहरूको योगदान रहेको पाइन्छ । स्थानीय जग्गाधनी एवम् समाजसेवीहरूले केही जमीन सशुल्क र केही जमीन निःशुल्क रूपमा विद्यालयलाई प्रदान गरी विद्यालय स्थापनामा महत्वपूर्ण सहयोग पु¥याउनु भएको छ ।
खरले छाएको झुप्राबाट थालनी भएको यस विद्यालय अहिले सम्पूर्ण भौतिक सुविधा सम्पन्न विद्यालयका रूपमा २७० रोपनी जमीनको हाताभित्र विस्तारित भई देश विदेशमा शिक्षाको ज्योति पैmलाईरहेको छ । यस विद्यालयले अहिले राष्ट्रिय स्तरको स्वीमिङ पुल, सूचना सञ्चार प्रविधि भवनको निर्माण गरी अध्याधुनिक उपकरण जडान गरी सूचना तथा सञ्चार प्रविधिमार्पmत विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउ“दै आइरहेको छ ।
विद्यालयले आफ्नो निर्दिष्ट उद्देश्य अनुरूप अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्दै आएको यथार्थता विगत ५७ औं वर्षका शैक्षिक उपलब्धिबाट स्पष्ट हुन्छ । शिक्षा मन्त्रालयको उद्देश्य अनुसार सार्वजनिक शैक्षिक गुठी अन्तर्गत मुनाफारहित शैक्षिक संस्थाका रूपमा सञ्चालित यो विद्यालयले ज्ञान सिपमा आधारित चरित्रवान् एवम् सेवाप्रति समर्पित गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको समृद्धिमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम भएको छ ।
विद्यालयले शिक्षालाई चेतनाको संवाहक र विद्यार्थीको व्यक्तित्व विकासको आधारशिलाको रूपमा ग्रहण गरेको छ । होलिस्टिक ऐजुकेशन प्रोसेसका सबै प्यारामिटरहरूलाई सन्तुलित रूपमा कार्यान्वयन गर्दै आफ्नो स्थापना कालदेखि राखेका सबै उद्देश्यहरूलाई समयसापेक्ष परिमार्जन गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन सदाभैंm जुटिरहेको देखिन्छ ।
यस विद्यालयले हजारौ विद्यार्थीहरूलाई ज्ञान, चरित्र र सेवाको प्रत्याभूति गराई गुणस्तरीय शिक्षण सिकाई मार्पmत शिक्षाको न्यानो घाम प्रदान गरिसकेको व्यहोरा सर्वविदितै छ । वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ सूर्य बहादुर के.सी., किरण गुरुङ, प्रेमप्रसाद तुलाचन, प्रसिद्ध न्यूरो सर्जन डा. वसन्त राज पन्त, वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्रसिद्ध कवि तीर्थ श्रेष्ठ, प्रसिद्ध खेलाडी दावा गुरुङ, प्रसिद्ध गायक अमृत गुरुङ, प्रतिष्ठित व्यवसायी आनन्दराज बतास आदि यसै विद्यालयका पूर्वविद्यार्थीहरू हुनुहुन्छ । गण्डकीका पूर्व विद्यार्थीहरूले देश विदेशमा विविध क्षेत्रमा सफल नेतृत्व प्रदान गर्दै आइरहनु भएको छ ।
२०४४ सालमा राजेन्द्र गुरुङले एसएलसी परीक्षामा बोर्ड प्रथम स्थान प्राप्त गरे पश्चात मोफसलबाट पहिलो पटक यस विद्यँलयले बोर्ड प्रथम पाउन सफल भएका थियो ।२०६० सालको एसएलसी परीक्षामा यस विद्यालयका ४ जना विद्यार्थीहरूले उत्कृष्ट दश भित्र (द्धितीय, तृतीय, पा“चौ र नवौ) स्थानमा पर्न सफल भएका थिए । यस विद्यालयले शिक्षा मन्त्रालयबाट कुल १८ पटक राष्ट्रिय एवम् क्षेत्रीय माध्यमिक विद्यालय शिल्ड प्राप्त गर्न समेत सफल भएको छ । यस विद्यालयबाट एसएलसी/एसईई र १०+२ पास गरेका विद्यार्थीहरू एमविविएस, इन्जिनियरिङ र विश्वविख्यात विदेशी विश्वविद्यालयहरूमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गर्दै आइरहेका छन् ।
शिक्षा नियमावली २०३७ अनुसार नेपालमा संस्थागत विद्यालय सञ्चालन हुन सक्ने नीति अनुरुप नेपाल सरकारले यस विद्यालयलाई संस्थागत रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरेपश्चात् वि.सं. २०३७ (सन् १९८१) मा युनाइटेड मिसन टु नेपालले नेपाल सरकारलाई यो विद्यालय हस्तान्तरण गरेको थियो । विक्रम संवत् २०४१ (२०८४) सम्म संस्थागत विद्यालयको रुपमा सञ्चालिन रह्यो । सन् १९८५नेपाल सरकारको हरेक विकास क्षेत्रमा नमुना क्षेत्रीय विद्यालय स्थापना गर्ने नीति अनुरुप पहिलो क्षेत्रीय विद्यालयको रूपमायस गण्डकी आवासीय विद्यालयलाई नै छनौट गरी यूनाइटेड मिसन टु नेपाललाई सञ्चालनको जिम्मा दिइएको थियो । सन् २०२० मा यस विद्यालयलाई नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय विद्यालयको मान्यता प्राप्त भएको हो ।
वि.सं. २०४१ (१९८५) देखि अङ्ग्रेजी माध्यममा पढाई सञ्चालन गरेको यस विद्यालयले सोही वर्षदेखि कक्षा ४ मा छात्राहरू भर्ना गरीसह–शिक्षा पनि लागु गरेको थियो । २०४१ सालमा कक्षा ४ मा भर्ना भएका छात्राहरु वि.सं. २०४७ (१९९१) मा एसएलसी परीक्षामा सहभागी भईउत्कृष्ट नतिजा प्राप्त गर्न पनि सफल भए ।
२०४७ सालमा यस विद्यालयले २५ वर्षमा प्रवेश गरी रजत जयन्ती मनाएको थियो भने २०७२ जेष्ठ २९ गतेदेखि एक वर्षसम्मयस विद्यालयले ५० औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा स्वर्ण जयन्ती समेत सम्पन्न गरी सकेको छ । विद्यालयलेआफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष विद्यालय परिसरमा वृक्षारोपण गर्दै आइरहेको छ ।
२०४७ (सन् १९९१) मा यस विद्यालयले पनि समयको माग अनुरुप अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने सोच अनुरुप क्याम्ब्रिज ओ लेभल कक्षा सञ्चालन गर्यो । अर्को २०४८ (सन् १९९२) मा १०+२ विज्ञान संकायमा नेपालमै पहिलो पटक विज्ञान विषयमा अध्यापन प्रारम्भ गरेको थियो । सन् २०१० देखि क्याम्ब्रिज विश्वविद्यालयकै सम्बन्धनमा ए–लेभलको पढाई सञ्चालन गर्दै आइरहेके छ । स्थापना कालदेखि अहिलेसम्म पनि यस विद्यालयले १०+२ र ए–लेभल तर्पmको नतिजाफल उत्कृष्ट गर्न सफल भएको छ ।
यस विद्यालयबाट हालै १०+२ पास भएका निम्न बमोजिमका मेधावी विद्यार्थीहरूले विदेशी विश्वविद्यालय पूर्ण छात्रवृत्ति पाउन सफल भएका छन् । हावार्ड विश्वविद्यालयमा नविन पौडेल, न्यूयोर्क विश्वविद्यालयमा योगेश ढुङ्गाना, सन्दीप सुवेदी, आविस्कार गौतम, कृपा श्रेष्ठ अहिले उक्त विश्वविद्यालयमा अध्ययनरत छन् ।
त्यस्तै चिकित्सा शिक्षा आयोगद्वारा २०२१/०२२ मा सञ्चालित एमविविएसको साझा प्रवेश परीक्षामालोकमणी भण्डारी, निसान अधिकारी, विवस अधिकारी, पुष्पा बास्तोला, मोनिका गौतमले पूर्ण छात्रवृत्ति प्राप्त गरी हाल अध्ययनरत छन् । सिङ्गापुरको गणित ओलम्पियाडले सन् २०२२ मा आयोजना गरेको गणित ओलम्पियाडमा यस विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्र श्री प्रकाश पन्तले नेपालबाट रजत पदक जित्न सफल भएका छन् । त्यस्तै यस विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्रा पे्रन्सा रेग्मी, नेपाल सरकारद्वारा संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट जनसेवाश्री पदक प्राप्त गर्नु भई विभूषित हुनु भएको छ भने यूएईमा आयोजित एक कार्यक्रममा समेत निज रेग्मीलाई ग्लोवल चाइल्ड प्रोडिजी अवार्डद्वारा यूएईमा सम्मानित हुन सफल हुनु भएको छ ।
सफा, स्वच्छ, शान्त, प्राज्ञिक वातावरण,राष्ट्रिय स्तरको स्वीमिङ्ग पुलको सुविधा,सुविधासम्पन्न सूचना प्रविधिप्रयोगशाला, पुस्तकालय, विज्ञान तथा गणित प्रयोगशाला, शिक्षणविभागहरूद्वारा विद्याथीको शैक्षिक गतिविधिकाअलवा चौतर्फी सिप र ज्ञान अभिवृद्धि गर्ने क्लवहरू सञ्चालन, अन्तर्राष्ट्रिय स्तरको प्रविधि मैत्री कक्षाकोठामा अध्ययनअध्यापन, शिक्षण सिकाई प्रक्रियामा सूचना प्रविधिको अधिकतम प्रयोग, पर्याप्त खेलमैदान (फुटवल, क्रिकेट, भलिवल,लन टेनिस, टेवल टेनिस) को सुविधा, छात्रछात्राहरूको छात्रावासको सुविधा, स्थायी शिक्षक तथा कर्मचारीहरूको लागिआवाससुविधा, विद्यालय परिसर भित्रै सरस्वती मन्दिर, करिव १५०० जना विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीहरूबसेर सांस्कृतिक कार्यक्रम लगायत अन्य कार्यक्रम सञ्चालन गर्न सक्ने छुट्टैहलको सुविधा, भौतिक पूर्वाधार विस्तारका लागि पर्याप्त जमीन, विद्यालयसुगम स्थानमा अवस्थित,सर्वसुलभ शुल्कमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षाप्राप्त गर्ने अवसर, विद्यालयमा करिव १८० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदानप्रदान जस्ता सुविधाहरू मार्पmत गुणस्तरीय शिक्षा गरिनु नै विद्यालयका सवल पक्षहरू हुन् ।
यस गण्डकी बोर्डिङ स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट शैक्षिक नतिजाका साथै होलेस्टिक ऐजुकेशन प्रोसेसका सबै प्यारामिटर र सहशिक्षालाई समेत सन्तुलित रूपमा कार्यान्वयन गर्दै आफ्नो स्थापनाको ५७ औं वसन्तपार गरिसकेको एक उत्कृष्ट शैक्षिक संस्था हो । यो विद्यालयले ज्ञान सिपमा आधारित चरित्रवान् एवम् सेवाप्रति समर्पित गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको समृद्धिमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम भएको छ । यस विद्यालयबाटअध्ययन सम्पन्न गरेका विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गरेर उत्कृष्ट नतिजा दिइरहेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गरी ख्याती कमाउन सफल यस शैक्षिक संस्थाको साखलाई जोगाई अभैm सर्वोत्कृष्ट बनाउने सत्कार्यमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थपन, स्थानीय जनता, स्थानिय जनप्रतिनिधि, स्थानीय संघ संस्था, पत्रकार, नागरिक समाज, नेपाल सरकार र शिक्षास“ग सरोकार राख्ने सबैले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । विद्यालय सञ्चालनको क्रममा विद्यालय व्यवस्थापन एवम् प्रशासनले कही कतै प्राविधिक र सैद्धान्तिक त्रुटी गरेको अवस्था देखिन आयो भने पनि विद्यालय प्रशासनमा आफ्नो राय, सुझाव, सल्लाह दिई यसलाई अन्तरराष्ट्रिय शैक्षिक शैक्षिक संस्था बनाउने यसको मिसनमा सहयोगी बन्न सकिने विद्यमान अवस्था छदैछ ।
विद्यालयको राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि र यसको शैक्षिक उन्नयनलाई प्रभाव पार्ने गरी सार्वजनिक अभिव्यक्ति दिने, समाचार प्रकाशित एवम् प्रसारण गर्ने जस्ता कार्यहरू नत व्यक्तिको सामाजिक निष्ठा भित्र पर्दछ नत यसले संस्थाको दिर्घकालिन विकासलाई नै सघाउ पु¥याउ“दछ । आदरणीय विज्ञ व्यक्तित्व, अभिभावक, शुभचिन्तक, पूर्व विद्यार्थीहरू हामी सबैले सार्वजनिक गुठी अन्तर्गत राज्यको नमुना शैक्षिक निकायका रूपमा सञ्चालित यस विद्यालय प्रतिको सामाजिक उत्तरदायित्व महसुस गरौं, विद्यालयलाई समाज रूपान्तरणको धरोहरका रूपमा स्वीकार गरौ“ र विद्यालयको चौतर्फी विकासमा सहभागी वनौ म सबैमा यही आग्रह गर्दछु ।
कार्यालय सचिव
गण्डकी बोर्डिङ स्कुल, राष्ट्रिय विद्यालय
प्रतिक्रिया दिनुहोस