ललितपुरले गर्यो महिलाको सम्मान प्रत्यक्ष तर्फ समाजसेवि निरु खड्कालाई सिफारिस
1207 Views
काठमाडौं, १९ भदौ खाेज मिडिया । नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र नं ३ प्रदेश ख बाट सभाको प्रत्यक्ष तर्फ समाजसेवि महिला नेत्री निरु खड्का सिफारिस भएकाे छ । 









निरु खड्का लामो समयदेखि समाजसेवामा अग्रसर रहि लामो समय देखि पार्टीकाे नेतृत्व गर्दै देशका विभिन्न स्थानमा पुगेर जनताको दु:खमा साथ दिँदै आएको सबैलाई अवगत भएकाे कुरा हाे । २०४५ साल देखि पद्मकन्या कलेजमा नेबि संघमा आबद्ध रहेकी छन् । त्यसैगरी २०४६ सालको जनाअन्दोलनमा सक्रिय भुमिका निभाउँदै राजनीतिक यात्रा सुरुवात गरेकी निरु खड्का ललितपुर जिल्ला साविक कार्यबिनायक नगरपालीकाको पहिलो सभापती भई अधिराज्य भरका पहिलो नगर सभापती प्रत्यासी थिईन् ।
त्यसैगरी महिला संघको निवर्तमान केन्द्रिय सदस्य,बागमती प्रदेश निवर्तामान प्रत्यासि सहमहामन्त्री,केन्द्रिय महाधिवेशन प्रतिनिधि हुँदै राजनीतिमा एक किसिमको छलाङ मारेकि छन् ।
रोटरि क्लवका आईपिपि समेत हुदै समाजसेवामा अग्रसर भई २०७२ सालकाे भुकम्पमा परेका ललितपुर जिल्लामा सरकारी स्कुलहरु बनाउन सहयोग गरेकि थिए। त्यस्तै नेवारी समुदायका गुठि बनाउन तथा मर्मत गर्नका लागि सहयोग गरेकि थिए । भुकम्पमा परि समस्या सृजना भएका आफ्नो जिल्ला लगायत देशका विभिन्न स्थान हरु जस्तै; काभ्रे,सिन्धुपाल्चोक,दोलखा,रामेछाप,धादिङ सम्म पुगेर पीडितलाई राहत बितरण गरि आफ्नो व्यक्तिगत सहयोग सहित विभिन्न संघ सस्थालाइ हारगुहार गर्दै जनताको दु:खमा साथ दिदै आईरहेकि छन् ।
जब जब देश सङ्कटमा पर्छ त्यो समयमा खड्का हरबखत जनताको दु:खमा सहयोग सहित पुग्छिन । कोभिडको समयमा आफ्नो ज्यानको प्रवाह नगरि जनताको घरदैलोमा पुगेर सहयोगकाे लागि रामेछापकाे स्वास्थ्या चौकिको लागि अक्सिजन सिलिन्डर समेत सहयाेग गरेकि थिए । त्यस्तै विभिन्न टाढा टाढा जिल्ला र आफ्नो जिल्लामा पुगि भाडामा बसेका धेरै नागरिकलाइ दालचामल लगायतका खाद्यान्न पानी बितरण गरेकि थिए । लकडाउनको समयमा महानगर प्रहरीलाइ माक्स, सेनिटाईजर, पानी समेत वितरण गरेकि थिईन् ।
समाजसेवामा अत्यन्त अग्रसर रहेकी निरु खड्का साहसी र निडर महिलाको रुपमा चिनिन्छन् । काभ्रेको तेमाल र बुङमतिमा आफ्नो व्यक्तिगत सहयोगमा पानी बितरण गरेका थिए । ललितपुर अथवा देशका कुनै जिल्लामा जनतालाई समस्या पर्ने बितिकै त्यस
ठाउँमा पुगेर सहयोग गरिहाल्ने निरुको दिनचर्या नै बनेको समाजसेवि,सन्चारकर्मी पवित्र लामाले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस