सस्ताे मिठाे “गाउँले ढिँडाेे घर” सन्चालनमा
583 Views
काठमाडौं,भदौ १९ खाेज मिडिया । बौद्धकाे नयाँ बस्ती पिपलबोटबाट करिब पचास मिटर भित्र अवस्थित विभिन्न परिकारका साथै कालिजको मासु समेत पाईने “गाउँले ढिडाे” घर सन्चालन सुरुवात भएको छ ।
तामाङ चलचित्र क्षेत्रमा हास्यकलाकारको पहिचान कमाउन सफल कुईसाङ रुम्बा, गायक च्वाइस लामा र सन्जिव गोले तामाङको टिममा फरक स्वादको परिकार खान चाहने पारखीहरुलाई लक्षित गरी (गाउँले ढिडोघर) संचालनमा ल्याएको संचालकहरुले जनाएका छन् ।
तामाङ चलचित्र क्षेत्रको महानायक अमिर दोङको प्रमुख आतित्थ्यतामा रिवन काटेर “गाउँले ढिडो घर”को उद्घाटन भएको थियो ।
काठमाडौँ लगाएत विभिन्न स्थानमा अहिले बरगर हाउसको नाममा ब्रान्च खोल्ने होडबाजी चली रहेको अवस्थामा “गाउँले ढिडो घर” ले सबैको ध्यान तानेको छ । हास्य कलाकार कुईसाङ रुम्बाले गाउँको यादमा मात्रै नभएर गाउँको स्वादमा मकै, फापरको ढिडो खान चाहनेहरुको लागि यो उपयुक्त स्थानको रुपमा चिनाउने लक्ष्य लिएको बताएको छ ।
व्यवसायीकरुपमा धेरै रेष्टुरेण्डहरु खोल्ने र बन्द गर्ने भइरहेका छन् । काठमाडौँ, भक्तपुर, ललितपुरमा विशेष गरेर तामाङ युवाहरुले यस प्रकारका व्यवसायलाई सन्चालनमा ल्याईएका छन् । “गाउँले ढिडो घर”मा पनि तीनै जना संचालकमा तामाङ नै रहेका छन् ।
पछिल्लो समयमा नेपालमा विभिन्न राेगले ग्रसित भएका बेला मधुमेह, उक्त रक्तचाप, जस्ता राेग लागेका व्यक्तिहरुका लागि फाईदाजनक र स्वास्थ्यकाे लागि पनि निकै स्फुर्त हुने गाउँकाे लाेकल खानकाे स्वादमा लाेकल “गाउँले ढिडाे” घर सन्चालनमा ल्याईएकाे जनाएको छ ।





प्रतिक्रिया दिनुहोस