लमजुङमा भरुवा बन्दुकसहित एक जना प’क्राउ
512 Views
लमजुङ १६ भदौ, लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजना प’क्राउ परेका छन् । क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९ साल्मे बस्ने बर्ष २७ का यमबहादुर राना मगरलाई दुई थान भरुवा बन्दुकसहित प’क्राउ गरेको प्रहरीले जनाएकाे छ ।
लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक ध’म्की दिने गरेको भन्ने विषेश सूराकको आधारमा प्रहरी टोलीले १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित नि’यन्त्रणमा लिएको हो।
प’क्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
निर्वाचन नजिकिएसँगै प्रहरीले अवैध रुपमा राखिएका हात’हतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएकाे छ ।





प्रतिक्रिया दिनुहोस