नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ बाट रानाभाट सिफारिस
435 Views
पोखरा । नेपाली काँग्रेस महासमिति सदस्य गोविन्द बहादुर रानाभाट स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उमेद्बार सिफारिस भएका छन् ।
गत २०७४ निर्वाचनमा टिकट पाएर पनि अन्तिममा शिर्षनेताको आग्रह स्वीकार्दै आफ्नो उमेद्बारी फिर्ता लिएका रानाभाटले त्यसबाट कत्तिपनि विचलित नभई आफ्नो क्षेत्रमा जनताका काम गर्दै नेपाली काँग्रेसलाई झन वलियो वनाउन लागि परेका थिए । उनकै सक्रियताले पार्टीले स्याङ्जा जिल्लामा स्थानिय निर्वाचनमा उल्लेखनिय विजय हासिल समेत गरेको उनले वताए ।
पार्टीमा प्रतिवद्ध एवं निष्ठापूर्वक क्रियाशिल भएर लागेको ३८ वर्षमा प्रतिनिधि सभा सदस्यको टिकटको लागि सिफारिस हुनु आफुले ठुलो उपलब्धी ठानेको वताउँदै नेकाको १२ औं महाधिवेशनबाट लगातार स्याङ्जा जिल्लाबाट महासमिति सदस्य भएको वताए ।





प्रतिक्रिया दिनुहोस