धरानका नगर प्रमुखलाई किन गरे विरोध? थाह पाउनुहोस्,
362 Views
सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेझैँ शैलीमा इन्जिनियरको क्षमता र इन्जिनियरिङ पेसाप्रति धरानका नगर प्रमुखद्वारा गरिएको अपमानपूर्ण टिप्पणीप्रति राप्रवि संगठन घोर भर्त्सना र विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
छिमेकी देश भारतमा इन्जिनियरिङ पेसाबाट उदाएका अरबिन्द केजरिवाल राजनीतिमा प्रवेश गरेसँगै नयाँ दिल्लीमा भएको विकासलाई उदाहरण दिँदै धरानका मेयरलाई मर्यादित बन्न आग्रह गरिएको छ।
मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमता र बोलीको परिपक्वतामा प्रश्न उठेको राप्रवि संगठनले उल्लेख गरेको छ। सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा मागेको छ। 
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा मागेका हुन्। मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्दन गरेको आरोप संगठनले लगाएको छ। राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ। केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए।

पछिल्लो क्रममा धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा लेखिएका शब्द र लेखहरु प्रति धेरै जना उनका समर्थकहरुले पनि यत्तिबेला चर्काे आलाेचना गरिरहेका छन् । कत्तिले उनलाई कमेन्टबाटै सम्झाएका पनि देखिन्छन् तर साम्पाङ्ले कसैकाे कमेन्ट प्रति ख्याल नगरी फेसबुक स्टाटसबाट ब्यङ्ग्य प्रहार गरिरहेकाे छ। मेयर जस्ताे पदमा रहेर अर्काे मेयर प्रतिकाे व्यङ्ग्य कत्ति सम्मकाे सरलनिय देखिन्छ हाेला ? धेरैकाे प्रश्न उठेका छन हर्क साम्पाङ प्रति तर उनले स्टाटस लेख्न भने निरन्तरता दिईरहेका छन् ।





प्रतिक्रिया दिनुहोस