नेपाल तामाङ नगर घेदुङकाे दाेस्रो अधिवेशन सम्पन्न
765 Views
कास्की, भदौ ५ खाेज मिडिया । हिजाे शनिबार नेपाल तामाङ घेदुङ पोखरा महानगरको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको घेदुङ्का नव निर्वाचित अध्यक्ष राम बहादुर तामाङ(शिबु ब्लोन) बताएका छन् ।
कार्यक्रमको अध्यक्षता टेक बहादुर स्याङ्बो तामाङले गरेका थिए भने प्रमुख अतिथि नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ रहेका थिए, बिशिस्ट अतिथीमा पुर्व केन्द्रिय अध्यक्ष धनप्रसाद तामाङ रहेका थिए भने विशष अतिथिहरुमा नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष दिपक वाइबा तामाङ, संघिय सदस्य सुन्दर थोकर तामाङ, नेपाल तामाङ घेदुङ संघिय सदस्य चन्द्र ग्याबक तामाङ रहेका थिए । अतिथिहरुमा नेपाल आदिवासी जनजाती गन्डकि प्रदेश जिल्ला अध्यक्ष मानेन्द्र कुमाल, नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य मनमाया तामाङ, नेपाल तामाङ घेदुङ प्रदेश सदस्य कमला तामाङ, नेपाल तामाङ महिला घेदुङ पोखरा महानगरका अध्यक्ष पबित्र तामाङ, मिस तामाङ पोखरा २०१८ का बिजेता कविता योन्जन तामाङ, पोखरा महानगरका १५ वटा इकाई समितिका अध्यक्षहरु लगायत संस्थामा आबद्ध सदस्यहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रम निवर्तमान सचिव कुमार थिङ तामाङले सन्चालन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिद्वारा तामाङ जन समुदाय, पहिचान, अधिकार, हकहितको लागि लाखौ उतार्ने, तामाङको झन्डा लिएर चोर बाटो होइन, खुल्ला रुपमा मुल गेटबाट सिंहदरबार छिर्ने मुल बद्धता भन्ने मुल नारा रहेको जानकारी दिएका थिए ।





प्रतिक्रिया दिनुहोस