कविता : तित्रीको वोट
325 Views
तित्रीको वोट
*********
मैले बैँशमा लेखेको थिएँ
तिम्रो नाउँ बालुवाको छेउमा रहेको
त्यो तित्रीको वोटमा।
हामीले भातभात
र
घरघर खेलेको याद आयो
थुप्रै प्रकारको घर बनाएको याद आउँछ
तर
दुईतले घर बनाउन सकिएन बालुवामा
त्यसैले होला अहिले पनि म
भुइँ घरमानै छु
आरामको साथ।
सुन्दैछु तिमी त पक्काको तलेघरमा
एक्लै छौ भनेर
प्रेमीले धोका दिएको समाचार सुनें ।
आउ तिमी,
त्यो तित्रीको वोटमा
पाकोके तित्री लटरम्म छ
उमेर ढल्केर के भो
पुनर भातभात
र
घरघर खेलौं
त्यही ठाउँमा
“आजादीको अमृत महोत्सव”मनाउँदैछ देश।
****
अन्तरे दाहाल
गुवाहाटी
प्रतिक्रिया दिनुहोस