गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृ’त्यु
345 Views
गुल्मी, २२ साउन, गुल्मीको रेसुङगा नगरपालिका–१० काभ्रेपैरोमा आज बिहान ट्रक दु’र्घ’टना हुँदा चालकको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा गुल्मीकै गुल्मीदरबार गाउँपालिका–३ गौडाकोटका ३८ वर्षीय रण बहादुर ढेगा रहेका छन् ।
अचानक सडक भासिएर राङबासबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १८६६ नम्बरको ट्रक अन्दाजी ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
चालक ढेगाको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस